मनाङलाई हराउँदै हिमालयन फाइनलमा

विराटनगर, २२ चैत । राष्ट्रिय टोलीका पूर्वफरवार्ड सुरेन्द्र तामाङको निर्णायक गोलमा मनाङ–मस्र्याङदी क्लबलाई २–१ ले हराउदै हिमालयन शेर्पा क्लब विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
विराटनगरमा उत्कृष्ट लयमा रहेको हिमालयनले मनाङभन्दा अघि राष्ट्रिय लिग च्याम्पियन नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । जगजित श्रेष्ठको स्थानमा ४९आंै मिनेटमा मैदान प्रवेश गरेका तामाङले ६०औं मिनेटमा मनाङको कमजोर रक्षापंक्तिको फाइदा उठाउ“दै गोल गरे । फ्रिकिकमार्फत ‘ङ्खलांक’बाट आएको बललाई कसैको निगरानीमा नरहेका सुरेन्द्रले गोलपोस्टको दिशा दिएका थिए ।
सुरुआती १० मिनेटमा राम्रो प्रदर्शन गर्न नसके पनि हिमालयनले त्यसपछि खेलमा दबाब सृजना गरेको थियो । २९आंै मिनेटमा ‘एग्रेसिभ’ मिडफिल्डर गणेश खड्काले आकर्षक गोलमार्फत हिमालयनलाई सुरुआती अग्रता दिलाए । मिडफिल्डमा पाएको बललाई निगरानीमा नरहेका छरिता मिडफिल्डर गणेशले एक्लैले अगाडि बढाउ“दै डिबक्सभित्रबाट गोल गरेका थिए ।
मनाङ पनि पहिलो हाफको अन्त्यमा नै बराबरी गोल गर्न सफल भयो । पहिलो हाफको अन्त्यमा अनिल गुरुङले अत्यन्त सहज अवसरको उपयोग गर्दै गोल गरे ।
तामाङको गोलपछि दोस्रोपटक पछि परेको मनाङ त्यसपछि प्राप्त राम्रा मौकाको उपयोग गर्न चुकेको थियो । मनाङलाई रोक्नका लागि हिमालयनले आङ्खनो शक्ति रक्षापंक्तिमा केन्द्रित गरेको थियो । अपेक्षाकृत कमजोर खेल खेलेका मनाङका खेलाडीको विरुद्धमा दर्शकले नाराबाजीसगै मैदानमा ढुंगामुडा गरेका थिए । मनाङले दोस्रोपटक गोल खाएको केही मिनेटपछि आक्रोसित दर्शकले मैदानमा ढुंगासगै पानीका बोतल ङ्खयाकेका थिए । यसले केही समय खेल अवरुद्ध बन्न पुगेको थियो ।  अन्तिम समयमा मनाङले दबाब बढाएपछि मनाङले सात खेलाडीलाई डिफेन्ड्समा खेलाएको थियो ।
खेलको दौरान दुवै टोलीले केही राम्रा अवसर गुमाएका थिए । १२औं मिनेटमै हिमालयनका पुकार गहतराजको फ्रिकिक मनाङका गोलरक्षक विशाल श्रेष्ठले सुन्दर बचाउ गरेका थिए । २३औं मिनेटमा मनाङले सुरुआती अग्रता लिने राम्रो अवसर पाएको थियो तर टिनएजर फरवार्ड राम थापा डिबक्सभित्रबाट बल प्रहार गर्ने बेला चिप्लिन पुगे ।
गत साता मात्र सम्पन्न बुढासुब्बा गोल्डकपमा फाइनलसम्म पुगेको मनाङले यस प्रतियोगिताको क्वाटरफाइनल तथा पहिलो चरणमा हङकङ–नेप्लिजबाट वाकओभर पाएको थियो । पर्याप्त समय नदिएको भन्दै रि–म्याच खेल्न हङकङले नमानेपछि मनाङ सेमिफाइनलमा पुगेको थियो । यता हिमालयनले भने क्वाटरफाइनलमा नेपाल पुलिसको चुनौती १–० ले पाखा लगाएको थियो । पुलिसविरुद्ध निर्णायक गोल गर्नुका साथै बुधबार पनि महत्वपूर्ण एक गोल गरेका गणेश खड्का मनाङकै पूर्वखेलाडी हुन् । मनाङलाई पहिलोपटक ब्रिटिस गोर्खा कपको फाइनलमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरे पनि लगत्तै अर्को सत्र मनाङले चर्चामा रहेका स्टारलाई भित्रयाउदै उनलाई धेरैजसो बेन्चमा नै सीमित गरेको थियो । हिमालयन शेर्पाले उपाधिका लागि अफ्रिकन युनाइटेड र थ्रीस्टारबीचको खेलको विजेतासग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया