बार्सिलोना सेमिफाइनलमा

बार्सिलोना, २२ चैत । बार्सिलोना र वायर्न म्युनिख युरोपेली च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलबार राति नोउ क्याम्पमा भएको क्वाटरफाइनल दोस्रो लेग खेलमा साविक विजेता बार्सिलोनाले एसी मिलानलाई ३–१ ले हराएको हो । यी दुईबीचको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । यो सफलतासगै बार्सिलोना लगातार पाचांैपटक सेमिफाइनल प्रवेश गर्न सफल रह्यो । इभिका ओलिकले दुई गोल गरेपछि वायर्नले पहिलो लेगझैं दोस्रो लेगमा पनि ओलम्पिक मार्सेईलाई २–० ले पराजित गर्‍यो ।
बार्सिलोनाको जितमा पहिलो हाफमा दुई पेनाल्टी गोल गर्दै लियोनेल मेसीले च्याम्पियन्स लिगमा व्यक्तिगत गोलसंख्या १४ पुर्‍याएका छन् । तीनपटकका फिफा वर्ष खेलाडी मेसीले ११आंै मिनेटमा पेनाल्टीमा पहिलो गोल गरे भने पहिलो हाफको अन्त्यमा पेनाल्टीमै अर्को गोल गरे । लुका एन्टोनीले फल प्रहार गरेपछि प्राप्त पहिलो पेनाल्टीलाई मेसीले उपयोग गरेका हुन् । ३२औं मिनेटमा एन्टेनियो नासेरिनोले गोल गरेपछि इटालियन शक्तिको सेमिफाइनल प्रवेशको सम्भावना बढेको थियो । रोबिनन्होले बनाएको मुभमा इब्राहमोभिकले नोसेरिनोलाई पास दिएका थिए । मेसीको एकै सत्रको च्याम्पियन्स लिगमा १४ गोल नया कीर्तिमान पनि हो । यसअघि उक्त कीर्तिमान मेसी र रुडभान नेस्टलरायले १२ गोल गर्दै राखेका थिए । मंगलबारको सफलतासगै मेसी युरापेली च्याम्पियन्स लिगमा व्यक्तिगत ५१ गोल पुर्‍याउन सफल कान्छो खेलाडी भएका छन् ।
बार्सिलोनालाई जित दिलाउने क्रममा बार्सिलोनाको तेस्रो गोल आन्द्रेइ इनेस्टाले गरे । सर्जियो बास्क्युटको सर्ट आन्द्रेइ नेस्टाले तानेपछि दिइएको पेनाल्टी निर्णयमा मिलानका खेलाडीले डच रेफ्री बर्न क्युपर्सप्रति आक्रोसित भएका थिए । ग्लाटन इब्रोहमोभिकले यस निर्णयप्रति आक्रोसित बार्सिलोनालाई रेफ्रीले सहयोग गरेको अभिव्यक्ति दिए । रियल म्याड्रिडका प्रशिक्षक होसे माउरिन्होले पनि पछिल्ला वर्षहरूमा बार्सिलोनाले रेफ्रीको सहयोग पाइरहेको अभिव्यक्ति दिएका छन् ।
वायर्नलाई जित दिलाउने क्रममा मारियो गोमेजलाई बेन्चमा राख्दै पहिलो रोजाइमा खेल्ने मौका पाएका ओलिकले १३आंै मिनेटमा फ्रान्क रिबेरीको पासमा पहिलो गोल गरे । रिबरीले डेविड अलावालाई दिएको पासमा अलवालो दाया“ ङ्खलान्कबाट ओलिकलाई क्रस गर्दै वायर्नलाई दोस्रो गोलको अवसर सृजना गरिदिएका थिए । एजेन्सी

प्रतिक्रिया