कांग्रेसी कलहमा दुखेको मन

२०४६ को आन्दोलन संघारमा थियो । उनी छात्रवृत्तिमा अमेरिका पढ्न जाने योजनामा थिए । तयारी लगभग पूरा गरिसकेका थिए । पिताले आदेश दिएछन्– ‘आन्दोलन छाडेर कहा“ अमेरिका जान लागेको ? डराएर भागेजस्तो भइहाल्छ नि † जानु पर्दैन ।’ तत्कालीन नेता गणेशमान सिंहस“ग नजिकको राजनीतिक सम्बन्ध । उनले पनि त्यस्तै निर्देशन दिएछन् । छात्रवृत्ति त्यागेर आन्दोलनमै लागे उनी । आङ्खनै समाजमा ‘राम्रो’ मान्छे भएर चिनिने सपना समाए ।
यो विगतबाट आएका नवीन्द्रराज जोशी यति बेला नेपाली कांग्रेसका नेता एवं सभासद् छन् । घरभित्रै राजनीतिक ज्ञान हासिल गरेका उनी ‘पहिलो गुरु’ आङ्खनै पिता गजेन्द्रराजलाई मान्छन् । पिताको त्यो हौसला अझै कायमै छ– ‘समस्या पर्दा हिम्मत नहार्नू ।’
उनका माहिला बुबा तत्कालीन कांग्रेस नेता बिपी र गणेशमानसग विशेष प्रभावित थिए । घर त्यति बेलै प्रजातन्त्रबारे छलफल गर्ने थलो बनिसकेको थियो । भेडासिंमा उनीहरूको पसल थियो रे, जहा मान्छेहरू चिया–बिस्कुट खादै देशको तत्कालीन राजनीति अनि अन्य मुलुकका परिवर्तनबारे कुरा गर्थे । नवीन्द्र ध्यान दिएर सुनिरहन्थे । संगठनको महत्व उनले सानै उमेरमा खुट्याइसकेका रहेछन् । समाजका समस्या समाधान गर्ने रहर पलाउन थालेछ । बुझेछन्– यो राजनीतिबाटै सम्भव छ । एकैपटक पाच कक्षामा भर्ना भएर पढाइ सुरु गरेका उनले स्कुल जानेबित्तिकै साथीसग मिलेर क्लबसमेत खोलेछन् । बिपी र गणेशमानलाई नदेखेका त्यति बेलाका बालक नवीन्द्रको अनुमान थियो– ‘उनीहरू आम मान्छेजस्तो सामान्य त पक्कै छैनन् †’ यो भ्रम तबसम्म रह्यो, जब उनले ०३६ सालमा ती नेतालाई एकै ठाउमा भेट्ने मौका पाए । त्यति बेला उनी सोह्र वर्षे किशोर थिए । अहिले आएर नेपाली कांग्रेसकै ‘प्रभावशाली’ नेता बनिसकेका छन् ।
‘नेता नभएको भए म यति बेला सेतो कोट लगाएर बिरामीको उपचार गरिरहेको हुन्थे“ होला,’ नवीन्द्रले सुनाए– ‘जसरी पनि समाजसेवामा त लाग्थे नै ।’ यसबीच कांग्रेसभित्रका उतारचढाबसमेत प्रशस्तै छामिसके उनले । यति बेला कांग्रेसभित्र कलह चर्किएको छ । उनी दुखिरहेछन् । मुलुकलाई स्थिरता दिन सक्ने क्षमता कांग्रेससग मात्र रहेको उनलाई लाग्छ । सैद्धान्तिक र दार्शनिक पक्षमा कुनै विमति छैन तर लडाइ“ नै गर्नु नपर्ने विषयमा नेताहरू झगडा गरिरहेछन् । सुनाए– ‘मेरो र तेरो मान्छे भनेर नेताले झगडा गर्ने नै होइन नि, पार्टीका मान्छे सबैलाई आङ्खनो भन्न सक्नुपर्छ । त्यो पो हो त नेताको गुण ।’ कांग्रेसभित्रको समग्र कमजोरीचाहि उनी यस्तो देख्छन्– ‘काम गर्ने तर प्रचार नगर्ने बानीले कांग्रेस छायामा परिरहन्छ । ‘मार्केटिङ’मा कांग्रेस पछाडि नै परिरहन्छ ।’
पार्टीभित्र सुशील कोइराला कि शेरबहादुर देउवा भन्ने मामिलामा उनी तटस्थ छन् । भन्छन्– दुवैको भूमिका समान छ । दुवै भट्टीबाट पकाएर निकालेका इटाजस्तै खारिएका छन् ।’ अध्ययन र प्रस्टताको मामिलामा चाहि रामचन्द्र पौडेललाई अगाडि देख्छन् उनी । कोइराला र देउवा सकेसम्म आफूले बोल्दै नबोली समस्या सुल्झियोस् भन्ने मनस्थितिमा हुन्छन् रे †
राजनीतिको आवरणमा सावा ब्याज असुल्दै ठगेर खानेहरूप्रति उनको चर्को घृणा छ । त्यस्तालाई उनको कटाक्ष– ‘त्यस्ता त राजनीतिज्ञ होइन, बेइमान हुन् । हिजो जेल बसेको वा यति वर्ष राजनीति गरेको भन्दै नाफा खोज्ने त व्यापारी पो हुन्छन् त † जनताको सुखदुःखलाई आङ्खनो ठान्ने मात्र सही राजनीतिज्ञ हो ।’
कामपाको उपप्रमुख हुदाको जति व्यस्तता अहिले सभासद् हु“दा छैन रे उनलाई † नगरपालिकामा हुने भ्रष्टाचार रोक्ने अठोट बोकेका रहेछन्, उनले त्यो पदमा हुदा । पान, चुरोट, सुकुमेलसहित भेट्न आउथे रे मान्छेहरू । त्यो चलन पूरै हटाइदिएको सुनाउछन् आङ्खनो कार्यकालमा । उति बेला खुलामञ्च पूरै छाप्रैछाप्राले भरिएको थियो । घुइचो हुन्थ्यो । मानिसहरू गुनासो गर्थे– सहरबाट निस्किएर यसो सास फेर्ने ठाउ पनि नपाइने भयो । उनले अठोट गरे– खुलामञ्च खाली गराएर जनतालाई सहज अनुभुति गराएरै छाड्छु । चुनौती त पक्कै थियो तर उनले गरेरै छाडे । भने– ‘डा. बाबुराम भट्टराई खुलामञ्चका मान्छे हटाउदा मेरो छातीमा बुलडोजर हुन्छ भन्दै विरोध गर्थे । तर, आज त उनकै सरकारमा जनताको घर भत्कदै छ ।’ त्यति बेला गरेका जनपक्षीय कामले नै संविधानसभा निर्वाचनमा आफूलाई जिताएको उनी मान्छन् ।
राजनीतिक जीवनमा धैरैपटक जेल गएका उनले तत्कालीन राज्यव्यवस्थाको यातना पनि नसहेका होइनन् । सुनाए– ‘कमलपोखरीको जेलमा बस्दा भातमा बालुवा हालेर दिएका थिए ।’ बिपी कोइरालाको स्वास्थ्य उपचारका लागि चन्दा उठाउदा पहिलोचोटि पक्राउ परेका थिए उनी । त्यसपछि पनि यस्ता पक्राउ र ज्यादती थुप्रै रहे । धेरै दिनसम्म आमाको काम नै छोरालाई जेलमा खाना बोकेर जानु हुन्थ्यो । बिपी र गणेशमानको निधन उनका लागि सबैभन्दा दुःखका क्षण रहेछन् । राजनीतिका नाममा चन्दा उठाएर घर चलाउदैनन् रे उनी । यसका लागि साथीसग साझेदारीमा व्यवसाय गर्ने गरेको सुनाए ।
शान्तिप्रक्रिया अनि संविधान निर्माणमा भएको ढिलाइका कारण जनताजत्तिकै सभासद् पनि आक्रोशित भइरहेको उनले सुनाए । यसका लागि मुख्य कारण एकीकृत माओवादीलाई देख्छन् उनी । ‘सेना समायोजन नभईकन संविधान बन्नाको औचित्य नै छैन,’ भन्छन्– ‘१४ जेठमा संविधानको ड्राङ्खट मात्रै आउन सक्छ ।’ उनका अनुसार यो परिस्थितिमा ‘विद्वत् समाज’ले खेल्नुपर्ने भूमिका पनि उदासीन छ ।
युवावयमा छदा अमेरिका पढ्न जाने तयारीमा थिए उनी । त्यहा पुगेका भए उतै पो बस्थे कि † तर, आज जतिजति देशको अवस्था अनि राजनीति बुझ्दै गए, युवाशक्तिको महत्व पनि बुझ्दै गए । त्यसैले त दुख्छन् उनी ती युवा देखेर, जो आङ्खनो शक्ति विदेशमा खर्चिइरहेछन्, अशक्त भइसकेपछि मात्रै स्वदेश फर्कन्छन् । अनि दुख्छन् त्यो प्रवृत्ति देखेर, जहा“ देशले युवालाई बिदेसिन बाध्य पारिरहेछ ।

प्रतिक्रिया