समस्याको जड पहिल्याउने जमर्को

‘केही असक्षम व्यक्तिको नेतृत्व । केही सक्षम भएर भ्रष्ट भइदिनु ।  सक्षम र इमानदार व्यक्तिलाई सबै क्षेत्रबाट असहयोग भइरहनु नै मुलुक नबन्नाको ‘जड’ †’ –यो दृष्टि हो, संविधानविद् काशीराज दाहालको ।  यो विचार प्रकट गर्नुअघि दाहाल कुनै मुद्दाको बहसमा थिए । कुराकानीका लागि प्रशासकीय अदालत पुग्दा ‘आउनुस्’ भन्दै अनुमति दिए । बहस सकिएपछि विनम्रता दर्साए । अनि, पल्टाउन थाले आङ्खनो बालापनदेखि आजसम्मको जीवनका अलिखित पानाहरू ।
दाहाल कुनै दिन भैसी गोठालो पनि थिए भन्ने कुरा सायद उदयपुर लेखानीका उनकै दौतरीले मात्रै विश्वास गर्लान् । उनी संघर्षले सिर्जिएका मान्छे हुन् । विकट लेखानीको पोखरीमा जन्मिएका दाहाललाई संविधानविद् बनौला भन्ने सोच–सपनै थिएन । उनलाई यो स्थानमा पुर्‍याउन पिता परशुराम उपाध्याय र माता शकुन्तलाले दुःखको ठूलै पहाड फोरेका थिए रे † ‘हजुरबुबाको पालासम्म हाम्रो परिवार सुखैमा थियो’, संविधानविद् दाहालले भने, ‘विक्रम संवत् २०२१ को बाढीपहिरोले घरपाखो नै लगिदियो ।’ दाहाल ६ वर्षका मात्रै थिए, तर आ“खामा गाडिएर बसिरहेको त्यो दृश्यले अझै पनि बेलाबखत उनको मनलाई चस्काइरहन्छ ।
‘कान्छो’ उमेरमै न्यायपरिषद्को सचिव बन्ने ‘रेकर्ड’ बनाए दाहालले । सम्भावना अर्को पनि छ– ‘म कलिलो उमेरमै ‘रिटायर्ड’ हुनेमध्येमा पनि पहिलो नै हु कि ?’ २०१५ साल पुस ७ गते जन्मिएर २०३९ सालमा प्रशासकीय अधिकृतबाट न्यायसेवा प्रवेश गरेका रहेछन् दाहालले । पछि सहायक सचिव, उपसचिव, सहसचिव हुदै न्यायपरिषद्को सचिव भएर जिम्मेवारी सम्हालेछन् । जागिरे यात्रा २०६१ सालमा समाप्त भएछ । जनप्रशासन र राजनीतिमा स्नातकोत्तर गरेका दाहालले बिएलमा ‘गोल्डमेडल’ हात पारेपछि मीनभवन र शंकरदेव क्याम्पसमा प्राध्यापन पनि थालेका रहेछन् । बुबाले ‘त प्रशासनिक सेवामा जा, दाजुले अध्यापन गर्छ’ भनेपछि पेसा फेरेका रहेछन् ।
शिक्षा, प्रशासन, कानुन, समाजसेवा र अधिकार क्षेत्रको यात्रामा धेरै अगाडि पुगिसकेका संविधानविद् दाहालको मानसपटलमा बालापनको स्मृति भने अहिले पनि ‘तीनपाते’ अवस्थामै रहेछ । ‘आहा † त्यो निश्चल समयलाई सम्झनबाहेक के नै गर्न सकिन्छ र’, दाहालले सम्झिए, ‘घरखेत बगेपछि हामीले धेरै दुःख गर्‍यौ । पाखामा भैसी चराए । रूख चढे । घास काटे ।’ बालापनमा आफूले दूधको भाडामा माटो हालिदिएको क्षण कहिल्यै बिर्संदा रहेनछन् । कारण के रहेछ भने परापूर्वकालमा दाहालपरिवारमा दूध छेलोखेलो हुदो रहेछ । एकचोटि दुई दाहालपुत्री उम्लिरहेको दूधमा परेछन् । त्यो पूर्णिमाको दिन रहेछ । त्यही दिनको सम्झनामा दाहाल परिवारमा घरकै सदस्यलाई पनि दूध खान नदिइदो रहेछ । काशीराजले दूध खान नदिएको झोकमा माटो हालिदिएका रहेछन् । आमाले खेदिछन् । त्यसयता कहिल्यै गल्ती गरेको उनलाई याद छैन ।
सरकारको जागिर खादा ‘घुस नखानू, बेइमानी नगर्नू’ भनेर बुबाले दिएको वचन र बचपनामा ‘कुलतमा नलाग्नू’ भनेर दिएको उपदेश उनले कहिल्यै तोडेनन् रे † ‘मलाई बुबाको त्यो वचन अहिले पनि याद आउछ । ‘त्यस्तो सोच्न पनि सक्दिन’ –दाहालले भने ।
संविधानविद् दाहाललाई देशको अवस्थाले सधै पिरोल्दो रहेछ । आफूलाई इमानदारी, जिम्मेवारी र बफादारीको पक्षधर मान्ने दाहाल आजको समस्याको कारण ‘यिनै तीन चिजको अभाव हो’ भन्छन् । ४६ वर्षको उमेरमै जागिरबाट बाहिरिन बाध्य भएका दाहाल आङ्खनो ‘निर्भीकता र इमानदारी’ नै बहिर्गमनको कारण बनेको देख्छन् । यो कारणलाई उनी अझ यसरी केलाउछन्– ‘मैले तत्कालीन मल्लिक आयोगमा बसेर १४ सय पृष्ठ लामो प्रतिवेदन लेख्नु । तत्कालीन शाही आयोग असंवैधानिक हो भन्नु र शाही आयोगमा न्यायाधीशले काम गर्दा असंवैधानिक हुन्छ भनिदिनु ।’
दाहालका भनाइमा मल्लिक आयोगले कारबाहीका लागि सिफारिस गरेका निरञ्जन थापा शाहीकालमा कानुनमन्त्री भएर आएलगत्तै उनी तारो बने । दाहालको समयावधि थप्ने समय त्यतिबेलै थियो । मन्त्री थापा भैरव लम्साल विपक्षमा उभिए । न्यायधीश केदार गिरी र मीनबहादुर रायमाझी दाहालको पक्षमा उभिएछन् । तर, प्रधानन्यायाधीश दिलीप पौडेल बोल्दै नबोलिदिनाले म्याद थपिएन । ‘मलाई जागिर गएकामा रत्ति दुःख लागेन । मेरो कामकारबाही, जिम्मेवारीपन बुझेका प्रधानन्यायाधीशको लाचारीपनले दुःखी बनायो’ –दाहालले अनुभव सुनाए ।
शाहीकालमा कानुनमन्त्री थापाले ‘राजाको इच्छा’ भन्दै ल्याएका व्यक्तिगत स्वार्थका काम आफूले हुन नदिएको उनी दाबी गर्छन् । केही न्यायाधीशले दाहालको बहिर्गमनलाई ‘कालो युगको सुरुआत’ भनेछन् । त्यो क्षण उनी अहिले पनि सम्झन्छन् ।
वर्तमानमा जारी शान्ति र संविधान नबन्नाको कारण भने संविधानविद् दाहाल ‘गणित’लाई देख्छन् । भन्छन्, ‘दुई तिहाइ नभएसम्म संविधान बन्दैन । कुनै दलको बहुमत नभएसम्म उसको अनुकूल संविधान बन्ने सम्भावना छैन ।’ दाहालले हरेक दलले आङ्खनो अनुकूल संविधान बनाउन चाहने प्रवृत्ति नै आजको समस्याको जड भएको ठम्याए । यस्ता ‘जड’ अरू पनि देख्छन् उनी– ‘संविधानसभाको गठनपूर्व नै राजनीतिक प्रश्न टुंग्याएर निश्चित संवैधानिक सिद्धान्त बनाएर निर्वाचनमा गएको भए पहिलो दुई वर्षमै संविधान बनिसक्थ्यो ।’
दल र तिनका नेतामा राजनीतिक व्यवस्थापन गर्ने कौशलको कमी, ‘मै सर्वेसर्वा हु’ भन्ने अहंले मुलुक अनिर्णयको बन्दी बनेको बुझाइ दाहालको छ । उनी यसलाई ‘२०६२÷६३ ले राजनीतिक व्यवस्था र पात्र फेरे पनि संस्कार र संस्कृतिमा फरक नआएको’ भन्न रुचाउ“छन् ।
निश्चित संवैधानिक सिद्धान्तलाई ‘खाली चेक’ जस्तै छाडिनु मुलुकको अभिशाप बन्दै गएको उनको दाबी छ । यद्यपि संविधान बनाएर मात्र सबै कुरा ठीक भइहाल्नेमा उनी सहमत छैनन् । मुलुकलाई बलियो राज्यका रूपमा विकसित गर्न सबल अर्थतन्त्र, गुणस्तरीय शिक्षा, राष्ट्रप्रति बफादारीता, विकासका लागि विज्ञान–प्रविधिको प्रयोग हुन जरुरी भएको सुझाउ“छन् । सक्षम, योग्य, इमानदार र दूरदर्शी राजनीतिज्ञ नेतृत्वमा नभएसम्म यो सम्भव नहुने उनले बुझेका छन् ।
यी कुरा दाहालले आङ्खना चर्चित पुस्तक ‘संवैधानिक कानुन’, ‘संविधानसभा ः विश्वको तुलनात्मक अध्ययन’, ‘आमसञ्चार र कानुन’, ‘श्रमविधि शास्त्र’, ‘प्रेसविधि शास्त्र’ जस्ता झन्डै दुई दर्जन किताबमा पनि उल्लेख गरेका छन् । जेठ १४ पछिको निकास के होला त ? जिल्लामा जा“दा ‘संविधान शिरोमणि’ भनेर चिनिने दाहाल, ‘सर्वोच्चको फैसलासमेतको पृष्ठभूमिमा अब म्याद थप्न सकिदैन, १४ जेठमै संविधान बनाइसक्नुपर्छ’ भन्छन् । यदि १४ जेठमा संविधान बनाउन नसक्ने हो भने अन्तरिम संविधान संशोधन गरेर संविधानसभा वा संसद् जुनसुकैका लागि स्वच्छ जनादेशमा जानुपर्ने राय छ उनको– ‘त्यसका लागि कुन निर्वाचन प्रणाली, कति संख्या, केका लागि, भन्ने कुरा अन्तरिम संविधानमै किटान हुनुपर्छ, जेठ १४ अगावै यो सबै टुंगो नलागे मुलुकमा संवैधानिक शून्यता हुन सक्छ ।’

प्रतिक्रिया