ओलम्पिक विजेतालाई एक करोड दिन सिफारिस

काठमाडौ, २१ चैत । राष्ट्रिय खेलकुद परिषद्ले अन्तर्राष्ट्रिय प्रतियोगिताका पदकविजेता खेलाडीलाई दिइने पुरस्कार रकममा वृद्धि गर्न सिफारिस गरेको छ । मंगलबार बसेको परिषद्को ९०औं बोर्डबैठकले दक्षिण एसियाली खेलकुदमा व्यक्तिगततर्फ स्वर्णपदक जित्ने खेलाडीलाई ५ लाख तथा समूहगत खेलमा स्वर्ण जित्ने खेलाडीलाई २ लाख रुपिया पुरस्कारको सिफारिस गरेको छ । यसैगरी रजत जित्ने खेलाडीलाई व्यक्तिगततर्फ ३ लाख र समूहगततर्फ १ लाख ५० हजार रुपिया सिफारिस गर्ने निर्णय गरेको छ । व्यक्तिगततर्फ कांस्यपदक जित्ने खेलाडीलाई २ लाख र १ लाख रुपिया सिफारिस गर्ने निर्णय गरिएको छ ।
अन्य सिफारिसमा एसियाली खेलकुदमा व्यक्तिगततर्फ स्वर्ण जित्नेलाई २५ लाख र समूहगततर्फ १० लाख, रजतविजेता व्यक्तिगततर्फ १५ लाख र समूहगततर्फ ५ लाख रुपिया दिन सिफारिस गरिएको छ । व्यक्तिगततर्फ कांस्यविजेतालाई १० लाख तथा समूहगततर्फ ३ लाख रुपियाको सिफारिस गरिएको छ ।
ओलम्पिक खेलकुदमा व्यक्तिगततर्फ स्वर्ण जित्ने खेलाडीलाई १ करोड तथा समूहमा स्वर्ण जित्ने खेलाडीलाई ५० लाख रुपिया सिफारिस गरिएको छ । व्यक्तिगततर्फ रजत जित्नेलाई ७५ लाख तथा समूहमा जित्नेलाई ३५ लाख, यसैगरी व्यक्तिगततर्फ कांस्य जित्नेलाई ५० लाख तथा समूहमा जित्नेलाई २० लाख रुपिया पुरस्कारका लागि सिफारिस गरिने भएको छ ।
प्रशिक्षक र राष्ट्रिय संघको हकमा पनि पुरस्कार रकम थप गर्न सिफारिस गर्ने निर्णय गरिएको छ । ओलम्पिक स्वर्ण जित्ने राष्ट्रिय संघलाई १५ लाख, रजत जित्नेलाई १२ लाख र कांस्यपदक जित्ने संघलाई ९ लाख रुपिया पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । एसियाली स्वर्णपदक जित्ने संघलाई १० लाख, रजत जित्नेलाई ६ लाख तथा कांस्यपदक जित्नेलाई ४ लाख रुपिया दिन सिफारिस गरिएको छ । सागमा स्वर्ण जित्नेलाई ५ लाख, रजत जित्नेलाई ३ लाख तथा कांस्य जित्नेलाई २ लाख रुपिया दिन सिफारिस गरिएको छ ।
प्रशिक्षकको हकमा ओलम्पिकमा स्वर्ण जित्ने प्रशिक्षकलाई १० लाख तथा सहायक प्रशिक्षकलाई ५ लाख रुपिया दिन सिफारिस गर्ने निर्णय गरिएको छ । रजतपदक जित्ने प्रशिक्षकलाई ६ लाख तथा सहायक प्रशिक्षकलाई ३ लाख रुपिया दिन सिफारिस गर्ने निर्णय गरिएको छ । कांस्य जित्ने प्रशिक्षकलाई ४ लाख ५० हजार तथा २ लाख २५ हजार रुपिया दिन सिफारिस गर्ने निर्णय गरिएको छ ।
एसियाली खेलकुदमा स्वर्ण जित्ने प्रशिक्षकलाई ५ लाख तथा सहायक प्रशिक्षकलाई २ लाख ५० हजार दिन सिफारिस गरिएको छ । रजतपदक जित्ने प्रशिक्षकलाई ३ लाख तथा सहायक प्रशिक्षकलाई १ लाख ५० हजार रुपिया पुरस्कार दिन सिफारिस गरिएको छ । कांस्यपदक जित्ने प्रशिक्षकलाई २ लाख तथा सहायकलाई १ लाख रुपिया दिन सिफारिस गरिएको छ । सागको स्वर्ण जित्ने प्रशिक्षकलाई ३ लाख तथा सहायक प्रशिक्षकलाई १ लाख ५० हजार रुपिया प्रदान गर्न सिफारिस गरिएको छ । रजत जित्ने प्रशिक्षकलाई २ लाख रुपिया तथा सहायक प्रशिक्षकलाई १ लाख रुपिया दिन सिफारिस गर्ने निर्णय गरिएको छ । कांस्य पदकविजेता प्रशिक्षकलाई १ लाख र सहायक प्रशिक्षकलाई ५० हजार रुपिया दिन सिफारिस गर्ने निर्णय गरिएको छ ।
राष्ट्रिय संघको साधारणसभाको हकमा प्राविधिकलाई कमजोर बनाउदै राजनीतिक शक्ति हाबी हुनेखालका निर्णय भएका छन् । राष्ट्रिय संघको साधारणसभा बहुमत प्रतिनिधिको हस्ताक्षरबाट मात्र रोकिने निर्णय गरिएको छ । राष्ट्रिय खेल संघको अध्यक्ष, महासचिव र कोषाध्यक्षमा कर्मचारी रहन नपाउने विवादास्पद निर्णय गरिएको छ । यो निर्णय सामान्यतया साधारणसभामा उपस्थित सदस्यहरूले नै आङ्खनो पदाधिकारी चयन गर्न पाउने सर्वमान्य सिद्धान्तभन्दा पृथक रहेको छ । सम्बन्धित जिल्ला तथा क्षेत्रीय संघको साधारणसभा हुदा सम्बन्धित क्षेत्र तथा जिल्ला संघ खेलकुद विकास समितिको रोहवरलाई अनिवार्य गरिएको छ । निर्वाचन एक जना परिषद्ले तोकेको प्रतिनिधि तथा ओलम्पिक कमिटीको रोहवरमा हुने निर्णय गरियो ।
छैटौं राष्ट्रिय खेलकुदमा घाइते भएकी जुडो खेलाडी देबु थापा, तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक नन्दु राई र भारोत्तोलन खेलाडी सुरेन्द्र हमाललाई जनही पाच लाख रुपिया दिने निर्णय गरिएको छ । राष्ट्रिय खेलकुदकै क्रममा घाइते भएका फुल कन्ट्याक्ट करातेका खेलाडी कान्छालाल वाइवालाई तीन लाख रुपिया उपलब्ध गराउने निर्णय भएको छ । यसैगरी, परिषद्का दिवंगत वरिष्ठ अधिकृत राजेन्द्र बस्नेतका सन्तानको पठनपाठनका लागि तीन लाख रुपिया उपलब्ध गराउने निर्णय
भएको छ ।

प्रतिक्रिया