दुई भारतीय तस्कर पक्राउ

विराटनगर, २१ चैत । दुई भारतीय नागरिकलाई प्रहरीले पाँच किलो लागु औषध गाँजा सहित मोरङको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको छ  ।

भारतीय नम्बर प्लेटको बिआर १८००६८ नम्बरको मोटरसाइकलमा सीमाना पारगर्ने क्रममा समा प्रहरी चौकी पोखरीयाको गस्तिटोलीले उनीहरुलाई पक्राउ गरेका हो ।

पक्राउ पर्नेमा विहार राज्य अन्तर्गतको अररीया जिल्ला वेलवारी पञ्चायत ६ बस्ने २८ वर्षीय विजेन्द्र सिंह र दब्राहा सरनपुर बस्ने ३० वर्षीय ताराचन्द ठाकुर छन् ।

उनीहरुलाई लागू औषध ओसार पसार ऐन अन्र्तगत कार्वाही चलाउने ईप्रका रङगेलीका निरीक्षक धजिन्द्र कार्कीले वताए । (सौस)

प्रतिक्रिया