साफ्टा कार्यान्वयन नहुँदा समस्या

काठमाडौं, दक्षिण एसियाली मुलुकबीच स्वदेशी उद्योगलाई संरक्षण दिने बहानामा व्यापार उदारीकरणमा असहयोग हुदा त्यस क्षेत्रका उपभोक्ताले दुई अर्ब अमेरिकी डलर बढी तिर्नुपर्ने अध्ययनले देखाएको छ ।
साउथ एसिया वाच अन टे«ड एन्ड इकोनोमिक्स एन्ड इन्भारोमेन्ट (सावती)ले गरेको अध्ययनले दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साङ्खटा) पूर्णरूपले कार्यान्वयनमा नआउ“दा उपभोक्ताले ठूलो रकम तिर्नुपरेको देखाएको हो । सार्क राष्ट्रमा क्षेत्रीय व्यापार उदारीकरण भएमा नेपाली उभभोक्ताले वर्षमा ४५ करोड ७० लाख अमेरिकी डलर बचत हुने अध्ययनमा देखिएको छ । सावती शोधकर्ता चन्दन सापकोटाले सार्क क्षेत्रका सरकारले स्वदेशी उद्योगलाई संरक्षण दिने बहानामा अत्यधिक भन्सारलगायत विभिन्न कर थोपरेर व्यापार उदारीकरण गराएको बताए ।
साङ्खटाअन्तर्गत रहेका देशले व्यापारलाई उदारीकरण गर्ने बताए पनि आयात हुने वस्तुमा संवेदनशील सूचीको नाममा खुला व्यापार अपनाउन चाहेका छैनन् । सार्क राष्ट्रका पा“च देशमा व्यापारमा उदारीकरण भएमा सबैभन्दा बढी भारतले २ अर्ब डलरमा ३० दशमलब ६६ प्रतिशत, नेपालले २३ दशमलब ४८ प्रतिशत, बंगलादेशले २० दशमलब ४६ प्रतिशत, श्रीलंकाको १४ दशमलब ८१ प्रतिशत र पाकिस्तानको १० दशमलब ५८ प्रतिशत रकम बचत हुने बताइएको छ । शोधकर्ता सापकोटाले सार्क मुलुकले गैरकर बाधा हटाएर, व्यापार प्रक्रियालाई सरलीकृत गरेर एवं अत्यधिक स्थल नाकाको विकास गरेर उपभोक्ताले सस्तोमा सामानको उपभोग गर्न पाउनेमा जोड दिए । (सौस)

प्रतिक्रिया