तपस्वीले दाइ र दिदीलाई कुटे

वीरगन्ज, २० चैत । बाराको हलखोरिया जंगलमा तपस्यारत रामबहादुर बमजनले आफूलाई भेट्न आएका दाजु र दिदीमाथि हातपात गरेका छन् । दाजु गंगा र दिदी असली लामालाई बमजन र उनका अनुयायीले आइतबार रातभर बन्धक बनाएर कुटपिट गरेका हुन् ।
भाइका बारेमा सञ्चारमाध्यममा नकारात्मक समाचार आएपछिउनीहरूसहित नौजना आफन्त बमजनलाई भेट्न आइतबार राति हलखोरिया जंगलस्थित तपस्यास्थल पुगेका थिए । तर, बोधी धर्म श्रवण संघका दर्शन लिम्बू र बालाहरि राईको नेतृत्वमा तलवार र खुडा बोकेर आएका कथित अनुयायीले लखेटेपछि सातजना भागेका थिए ।
बमजनकी दिदी असलीले भनिन्, ‘अरू भागे, म र दाजुचाहि आफ्नै भाइ त हो, के नै गर्ला र भनेर त्यही बस्यौ । तर, राई र लिम्बूले हामीलाई रातभर बन्धक बनाएर कुटे ।’ बन्धक बनाइएका दुवैजनालाई बमजन स्वयंले पनि कुटेका थिए । असलीले आफूलाई भाइले नै टाउकामा हिर्काएर घाइते बनाएको बताइन् ।
‘भाइका बारेमा नराम्रा समाचार सुनेपछि सम्झाउन आएका थियौं तर भाइले त उल्टै कुटेर पो पठायो,’ बमजनकी दिदी असलीले भनिन् । छोराछोरीलाई कुटपिट गरिएको खबर थाहा पाएर सोमबार बिहान हलखोरिया पुगेका बमजनकी आमा मायादेवी र अर्की दिदी राजकुमारीसग पनि अनुयायीले दुव्र्यवहार गरेका छन् । आफूहरूलाई पनि राई र लिम्बूले भाइसग भेट्न नदिई धम्क्याएर फर्काइदिएको राजकुमारीले बताइन् ।
राजकुमारीका अनुसार बमजनको ‘सेवा–सत्कार’का लागि दुईजना युवतीलाई तपस्यास्थलमा राखिएको छ । विष्णु र दीपशिखा नामका युवतीलाई संघका कार्यकर्ताले गोप्य रूपमा तपस्यास्थलमा राखेको उनले बताइन् । ‘त्यही पोल खुल्ने डरले उनीहरूले हामीलाई भित्र पस्न दिएका छैनन् न त भाइसग भेट्नै दिएका छन्,’ राजकुमारीले भनिन् ।
‘त्यहाभित्र अझै धेरै कुरा छन्, भन्यो भने संघकै कार्यकर्ताले मार्लान् भन्ने डर छ,’ राजकुमारीले थपिन् ।
बमजनकी आमा मायादेवी पनि आफनै छोराप्रति निकै दुखित छिन् । सोमबार दिउ“सो हलखोरियास्थित तपस्यास्थल पुगेका सञ्चारकर्मीस“ग मायादेवीले भनिन्, ‘छोरा भनेर के गर्नु ? आफनै आमासग भेट्न नचाहनेलाई के छोरा भन्नु ? दुनियाले भगवान् नै ठानेका थिए । तर, उसले अहिले जगै हसाउने काम गरेको छ । मलाई त अब ऊ मेरो छोरा हो भन्न पनि लाज लाग्न थालेको छ । अबदेखि उसको नामसग मलाई नजोड्नुहोला ।’
बमजनका आफन्तले बोधी धर्म श्रवण संघका कार्यकर्ताले बमजनको नाममा ब्रह्मलुट मच्चाइरहेको आरोप लगाएका छन् । उनीहरूले दर्शन लिम्बू र बालहरि राईलाई पक्रेर कारबाही गर्न माग गरे । संघका कार्यवाहक अध्यक्ष जशबहादुर वाइबाले भने बमजनका आफन्तसग संघका कार्यकर्ताले कुनै किसिमको दुव्र्यवहार नगरेको दाबी गरे । ‘पैसा खान नपाएर उनीहरूले संघलाई बदनाम गर्न खोजेका हुन्,’ वाइबाले भने, ‘यो उनीहरूको पारिवारिक कुरा हो । संघलाई मुछ्ने षड्यन्त्र नगरियोस् ।’ आर्थिक लाभ नपाएका कारण बमजनका केही आफन्तले बोधी श्रवण धर्म संघलाई विवादमा मुछेर अर्कै समूह बनाउने षड्यन्त्र गरेको उनको आरोप छ ।
बमजनका आफन्त कुटिएको थाहा पाएर सोमबार दिउसो हलखोरिया पुगेको प्रहरी टोली त्यसै फर्किएको छ । इलाका प्रहरी कार्यालय सिमरा र निजगढबाट छुट्टाछुट्टै प्रहरीको टोली हलखोरिया पुगेको थियो । इलाका प्रहरी कार्यालय सिमराका इन्स्पेक्टर केपी शर्माले भने, ‘घटनाबारे जानकारी पाउनासाथ हामी सञ्चारकर्मीका साथ घटनास्थल पुग्यौं तर त्यहा“ पुग्दा बन्धक बनाइएका भनिएका कोही पनि थिएनन् । सामान्य सोधपुछ गरेर हामी फर्कियौं । बमजनको परिवारका सदस्यबीच घरायसी विवादजस्तो देखियो । त्यसैले प्रहरीले कसैलाई पक्रिएन ।’ तपस्यास्थलमा खोजतलास गर्दा कुटपिटमा संलग्न रहेको आरोप लागेका दर्शन लिम्बू र बालाहरि राई नभेटिएको उनले बताए ।
संघका कार्यकर्ताले स्लोभाकियाकी महिला मारिची र सिन्धुपाल्चोककी आनीलाई तीन महिनादेखि बन्धक बनाएर राखेको समाचार सार्वजनिक भएपछि दुवैलाई गत साता मुक्त गरिएको थियो । मारिचीले आफूस“ग संघका कार्यकर्ताले शारीरिक यातनासेमत दिएको बताएकी थिइन् । रिहा गरिदा उनको दाहिने हात भाचिएको थियो । उनी शुक्रबार स्वदेश फर्किसकेकी छन् ।

प्रतिक्रिया