रौतहटमा अपहरित बालकको उद्धार

बीरगन्ज, २० चैत । सर्लाहीको मैनाथपुरबाट अपरहणमा परेका एक बालकलाइ रौतहट प्रहरीले आज बिहान सकुशल उद्धार गरेको छ ।

सर्लाहीको मैनाथपुर गाविस वडा नम्बर ३ बाट हिजो बिहान अपहरणमा परेका स्थानीय सन्जीव कुमार झाका ११ वर्षीय छोरा कृष्णकुमार झालाई प्रहरीले रौतहटको महम्मदपुरबाट अपहरणमुक्त गराएको हो ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी सहायाक निरीक्षक रामविनोद यादवको कमाण्डमा खटिएको टोलीले अपहरीत बालकको उद्धार गरेको थियो ।

प्रहरीले अपहरणकारी समूहका पाँच जना मध्ये दुइ जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा सर्लाही मैनाथपुर ३ का विजय राय यादव र रामकल्याण यादव छन् । अन्य तीन जना अपहणकारी भाग्न सफल भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया