खोजखबर

अटिज्मसुस्त मनस्थिति होइन, बौद्धिक अपांगता

सौर्य अनलाइन २०६८ चैत २० गते ३:५१ मा प्रकाशित

तपाईंका बच्चाहरू परिवार वा अन्य व्यक्तिसग घुलमिल हुन रुचाइरहेका छैनन् ? एक्लै बस्ने, निर्जीव वस्तुहरूसग बढी खेल्न मन पराउने, आङ्खनै पाराले बोलिरहने अनि टोलाउने गरिरहेका पो छन् कि ? तपाईंमा सोचाइ आउन सक्छ– पक्कै मेरो बच्चा सुस्त मनस्थितिको भयो । तर, यस्तो सोच्नुभयो भने तपाईं गलत हुनुहुनेछ । सिर्जनशील र जिज्ञासु हुनुपर्ने उमेरमा बालबालिकाहरू विनाकारण्ँ हास्ने, रुने, चिन्तित हुने, ढिपी कस्ने र अन्य व्यक्तिबाट टाढा रहने गर्न थाले भने उनीहरूलाई बौद्धिक अपांगता भएको हुन सक्छ, सुस्त मनस्थिति होइन । चिकित्सकहरूका अनुसार यस्तो अपांगतालाई अटिज्म भनिन्छ ।
चितवन मेडिकल कलेजका मनोरोग विशेषज्ञ डा. सिपी सेढाई नेपालमा अटिज्मका बारेमा धेरैलाई जानकारी नहुदा बच्चामा यस्ता समस्या देखियो कि ठूलै मानसिक रोग लाग्यो वा सुस्त मनस्थिति भयो भन्ने भ्रम रहेको बताउछन् । अटिज्मले गाजेका ग्रामीण्ँ भेगका बालबालिकालाई अभिभावकले दाम्लोले बाध्ने, थुन्ने तथा झरफुकसमेत गर्ने गरेको उनले देखेका रहेछन् । उनका अनुसार ‘अटिज्म’ दिमागको विशेÈ किसिमको अवस्था हो ।
नेपालमा पनि चिकित्सकहरू अब विस्तारै यो मानसिक समस्याबारे जनचेतना बढाउन लागिपरेका छन् । यसबारे धेरैलाई जानकारी नभएकाले चेतना पैmलाउने उद्देश्यले हरेक वर्ष विश्वभरि नै अप्रिल २ का दिन ‘अटिज्म दिवस’का रूपमा मनाउने गरिएको छ । नेपालमा विगत दुई वर्षदेखि यो दिवस मनाउने गरिएको डा. सेढाईले बताए । अटिज्म के कारणले हुन्छ भन्नेबारे चिकित्सकहरूले पनि आजसम्म निश्चित कारण पत्ता लगाउन सकेका छैनन् । हालसम्म बिरामीको अवस्थाका आधारमा यो वंशानुगत कारणले हुने र कहिलेकाही वातावरणीय र मनोवैज्ञानिक कारण पनि हुन सक्ने पक्ष औल्याइएको छ । ‘मुख्यतः आनुवंशिक र जैविक कारणहरू जस्तै– हाडनातामा, मस्तिष्कका रोगहरू, छारेरोग, जन्मजात विकृत आदिमा यो समस्या बढी देखिन्छ’ –डा. सेढाईले भने ।
चिकित्सकका अनुसार यस्ता बालक अति चकचक गर्ने वा निष्क्रिय रहने, सोचेर–बुझेर खेल्न नसक्ने, अभिभावक र शिक्षकको आखामा आखा जुधाएर कुरा नगर्ने, अरू केटाकेटीस“ग नखेल्ने वा एक्लै खेल्ने, बोलाउदा  कान नसुनेजस्तो गरिदिने, असुहाउदो तरिकाले हास्ने, मन परेको वस्तु वा खेलौना माग्न नसक्ने, शब्द वा वाक्य दोहोर्‍

याइरहने, कुनै वस्तु घुमाइरहने, चोटपटकप्रति वास्ता नगर्ने, सामान्य शिक्षण्ँविधिबाट नसिक्ने, अरूले छदा वा अगालो हाल्दा मन नपराउने, कुनै स्थानमा उभिएका बेला हल्लिइरहने, हात–खुट्टा नचाइरहने स्वभावका हुन्छन् । ‘यस्ता बच्चाको विकासकाल अर्थात् जीवनको सुरुका पाच वर्षमा मनोवैज्ञानिक क्षमतामा गडबडी देखा पर्छ’, डा. सेढाईले भने– ‘यस्ता बालकमा सामाजिक सम्बन्धको प्रभाव र बोली अति कम हुन्छ भने बालिकामा बोली र शरीरको चालमा विशेष गडबडी हुने गर्छ ।’ उनका अनुसार यो समस्या केटीका तुलनामा केटामा बढी देखिन्छ । केटीहरूमा दुई वर्षको उमेरपछि देखापरेमा धेरैमा काम्ने, मूच्र्छा पर्नेजस्ता गम्भीर लक्षण पनि उत्पन्न हुन्छन् ।
बच्चाले आफन्त र अरू जोसुकै भए पनि सम्बन्ध छुट्याउन गाह्रो भई प्रतिक्रिया नजनाउने, बोलीको विकास कम वा हुदै नहुनाले अरू मानिसस“ग कुराकानी गर्न नसक्ने, एउटै शब्द बारम्बार दोहोर्‍

याउने, आफूलाई ‘तिमी’ र अरूलाई ‘म’ भनेर सम्बोधन गर्नेजस्ता लक्षण धेरै मात्रामा देखाउने चिकित्सकको भनाइ छ । बच्चाको व्यवहार र बोली एउटै र दोहोरिने खालको हुन्छ । एकै किसिमले हात चलाउने, एउटै खालको कपडा, खाना वा व्यवहार मात्र मन पराउछन्, नया कुरा सहजै स्विकार्दैनन् । कहिलेकाही“ एउटै चक्करमा घुमिरहने, एक तमास हात हल्लाइरहने, टाउको चलाइरहने वा आफैलाई टोकेर, टाउको ठोकेर हानिसमेत गर्न सक्छन् ।
डा. सेढार्इं लक्षण्ँ देखिनेबित्तिकै प्रशिक्षण्ँ दिए बालबालिकालाई पुरानै अवस्थामा ल्याउन सकिने बताउछन् । ‘अटिज्मले गाजेका व्यक्तिलाई परामर्शदाता, मनोविज्ञ, मनोचिकित्सकले सामूहिक तरिकाले अन्तर्वार्ता–अध्ययनलगायत विभिन्न विधि अपनाई सुधार्न सकिन्छ,’ डा. सेढाईले भने । यस्ता बालबालिकालाई दाम्लोमा बा“ध्ने तथा थुन्ने गर्दा पछि झन् ठूलो समस्या आउने उनी बताउछन् । ‘ठूलो भएपछि अलि फरक हुने, सामाजिक व्यवहार गर्न नरुचाउने तथा एकलकाटे खालको हुने भएकाले समयमा नै तालिम दिएर व्यवहारमा सुधार ल्याउनुपर्छ,’ उनी सुझाउछन्– अहिले बजारमा औषधि पनि आएकाले चिकित्सकको परामर्शअनुसार अवस्था हेरेर सेवन गर्न सकिन्छ  ।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय