रुसमा मन्दिर भत्काइने

मस्को १८ चैत । रुसी सहर सेन्ट पिटर्सबर्गमा रहेको रुसकै सबैभन्दा ठूलो मन्दिर भत्काइने भएको छ । वैदिक संस्कृति केन्द्रको प्राङ्गणमा रहेको सो मन्दिर रुसमा रहेका हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र हो ।
वैदिक केन्द्रले सो क्षेत्र भाडा (लिज) मा लिएको थियो । भाडामा लिएको अवधि समाप्त भएपछि प्राङ्गण खाली गर्न अदालतले आदेश दिएपछि मन्दिर भत्काइने भएको हो । मन्दिर रहेको सहर पिटर्सबर्ग हालसालै राष्ट्रपतिमा निर्वाचित भएका नेता भ्लादिमिर पुटिनको जन्मथलो हो ।
भारतीय समाचार एजेन्सी पिटिआईले वैदिक केन्द्रका अध्यक्ष सुरेन कारापेतियनलाई उद्धृत गर्दै लेखेको छ, ‘एउटा मध्यस्थ अदालतले बुधबार गरेको निर्णयलाई आधार बनाई मन्दिर भत्काउने काम हुनसक्छ ।’ उनले मन्दिर जोगाउन भारत र रुसका राष्ट्रपतिस“ग अपिल गरे । ‘हामीमाथि अन्याय भएको छ । हामीसग ४९ वर्षका लागि गरिएको करारको कागजात छ,’ करार अवधि नसिद्दिदै ठाउ खाली गर्न लगाइएको दाबी गर्दै उनले भने । (एजेन्सी)

प्रतिक्रिया