४ दलमा प्रक्रियामा जाने सम्मका धम्की..

काठमाडौं, १८ वैशाख । संविधानका बिवादित विषयमा छलफल गर्न बसेको चार दलको बैठक आजपनि निष्कर्ष बिहिन भएको छ ।
बैठकमा सहमति हुन नसके बिवादित विषयमा मतदान प्रक्रिया मार्फतनै टुङगाउनेमा परामर्श भएको नेताहरुले बताएका छन् ।  नयाँ बानेश्वरमा आज बसेको एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठकमा सहमतिका लागि प्रयास भएपनि कुनै निकास आउन सकेन ।
पछिल्लो समय राष्ट्रिय सहमतिको सरकारका बारेमा समेत छलफल गर्दै आएका प्रमुख नेताहरुले बिवादित विषय ठोस निष्कर्ष दिन नसकेका हुन् ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाले अध्यक्ष झलनाथ खनालले बिवादित विषय कुनैमा पनि सहमति हुन नसकेको बताए । उनले बिवादित विषयमा सहमति हुन नसकेपछि प्रक्रियामा जाने हो भन्ने बारेमा समेत परामर्श भएको बताए ।
कांग्रेस नेता अर्जुननरसिंह केसीले पनि बिवादित विषयमा सहमति हुन नसके मतदान प्रक्रियामा गए कांग्रेसलाई मान्य हुने बताए । उनले भने, ‘अहिले मतदान प्रक्रियाबाट बिवादित विषय टुङगो लगाएपनि संविधान पारित गर्दा दुई तिहाई बहुमत आवश्यक पर्ने छ, त्यसबेला कांग्रेस पनि चुप बस्ने छैन ।’
दलहरुवीच शासकीय स्वरुप, निर्वाचन प्रणाली, राज्य पुनर्संरचना लगायतमा सहमति नजिक पुगेको भनेपनि आजको छलफलमा प्रक्रियाबाट बिवादित विषय टुङगाउनेमा परामर्श भएको हो ।
चार दलका वीच आजपनि अन्य दिन सरह दुई पक्षीय, बहुपक्षीय बार्ताहरु भएका थिए ।

प्रतिक्रिया