‘बर्तमान सरकार जोगाउने सहमति’

काठमाडौं, १८ वैशाख । प्रमुख सत्तारुढ घटक एकीकृत माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तत्काल सरकार परिवर्तनको विषयलाई वेमौसमको बाजाको संज्ञा दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको एमाओवादी र मधेसी मोर्चाका प्रमुख नेताहरुको बैठकले बर्तमान सरकारलाई नै निरन्तरता दिने सहमति कायम गरेको नेताहरुले बताएका छन् । उनीहरुले अहिले सरकार परिवर्तन आवश्यक नरहेको निष्कर्ष निकालेका छन् ।
बैठकले बर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप दिनुपर्ने भन्दै कांग्रेस र एमाले लगायतका दललाई पनि सरकारमा सामिल हुन आह्वान गरेका छन् ।
उनीहरुले नयाँ संविधान जारी गर्ने र बिवादित विषयमा सहमतिको खोजी गर्नुको साटो नयाँ सरकारमा ध्यान दिएर समय खेर नफाल्नपनि आग्रह गरेका छन् ।
स्वंय एमाओवादी, कांग्रेस तथा एमालेले पछिल्लो पटक दलहरुका वीच गोकर्ण रिसोर्टमा भएको सहमति अनुसार राष्ट्रिय सहमतिको सरकार बनाउने पर्ने भन्दै धारणा राख्दै आएका छन् । सहमतिको सरकार कांग्रेसले नेतृत्व गर्न पाउनुपर्ने दाबी गरेपनि त्यस विषयमा भने दलहरुका वीच सहमति भईसकेको छैन ।
यद्यपी एमाओवादी र मधेसी मोचाले वर्तमान सरकारलाई बलियो बनाउने तथा संविधानका बिवादित विषयमा एक भएर जाने सहमति गरेपछि कांग्रेस र एमालेलाई केही असहज भने हुने देखिएको छ ।

प्रतिक्रिया