‘कछुवा केटो’को उपचार

लन्डन, १८ वैशाख । ढाँडभरि मासु पलाएका कोलम्बियाका दिदियर मोन्टाल्भोलाई धेरैले ‘कछुवा केटो’ भन्ने गर्थे । तर, अहिले उनलाई कसैले कछुवासँग तुलना गर्दैन । बेलायतका एक शल्यचिकित्सकले ढाँडको मासु फालिदिएपछि ६ वर्षीय दिदियर अहिले मख्ख छन् ।
‘कोन्जेनिटल मिलेनोसाइटिक निभस’ नामक रोगका कारण उनको ढाँडमा यामानको एँेजेरु पलाएको थियो । र, अभिभावकले उपचारका लागि आवश्यक रकम जोहो गर्न नसक्दा उनको रोग जटिल बन्दै गएको थियो । ‘ग्रहण लागेका बेला गर्भाधान गरेको पापले यस्तो भएको’ भन्दै छरछिमेकले उनका आमाबाबुको कुरा काट्ने गरेका थिए । एँेजेरु पलाएकै कारण ६ वर्ष पुगिसक्दा पनि उनले विद्यालयमा पढ्न र ‘बेप्टाइज’ (धार्मिक संस्कार) गर्न पाएका थिएनन् । ‘म ठूलो मान्छे बन्न चाहन्थेँ तर ढाँडको मासुले दिँदैनथ्यो,’ उनी विगत सुनाउँछन् ।
दिदियरको पीडा बेलायतका प्लास्टिक सर्जन निल बुल्सट्रोडले थाहा पाएपछि उनले सित्तैमा उपचार गरिदिने निधो गरे । त्यसपछि दिदियरको ‘पुनर्जन्म’ हुने पक्का भयो । दिदियरको ऐँजेरु असाध्यै ठूलो भएकाले उपचार गर्न निकै अप्ठेरो भएको बुल्सट्रोड बताउँछन् । ‘यत्तिको अप्ठेरो शल्यक्रिया मैले यसअघि कहिल्यै गरेको थिइनँ, उसको शरीरको बाहिरी भागको तीनचौथाइ क्षेत्रमा ऐँजेरुको फैलिएको थियो’, उनले भने । उपचारपछि अन्य बालकझँै रमाइरहेको दिदियरको फोटो देख्दा आफूलाई ज्यादै खुसी लागेको उनले बताए । (डेलिमेल)

प्रतिक्रिया