‘पूर्ण स्वाधीनता चाहेका होइनौँ’

टोरन्टो : निर्वासित तिब्बती नेता दलाई लामाले तिब्बतको पूर्ण स्वाधीनता नभई तिब्बती संस्कृतिको संरक्षणका लागी ‘पर्याप्त स्वायत्तता’ को माग आफूहरूले गरेको बताएका छन् । क्यानडा भ्रमणमा रहेका दलाई लामाले ओटावामा शनिबार यस्तो बताएका हुन् । सम्मेलनमा उनले क्यानेडाली प्रधानमन्त्री स्टिफिन हार्पर तिब्बतीको सवालप्रति संवेदनशील रहेको भन्दै उनको तारिफ गरे । हार्परले तिब्बतीको मानवअधिकारको सवालप्रति चासो देखाउने गरेको भन्दै उनले सन्तोष व्यक्त गरे । चीनसँग बढ्दो व्यापारिक सम्बन्ध र तिब्बतीको मानवअधिकारको सवाललाई सन्तुलनमा राख्ने काम हार्परले गरेको जानकारी उनले दिए । ‘प्रधानमन्त्री हार्परले चीनसँग नजिकको सम्बन्ध कायम गरेका छन्, साथै प्रजातान्त्रका मूल्य र मान्यताप्रति पनि उनी प्रतिबद्ध छन् । मसँग भेट्ने उनको साहस तारिफयोग्य छ,’ दलाई लामाले भने । (एजेन्सी)

प्रतिक्रिया