अलकायदा सिद्धिएको दाबी

वासिङ्टन : ओसामा बिन लादेनको मृत्युपछि चरमपन्थी संगठन अलकायदाको सञ्जाल पाकिस्तानमा समाप्त भएको अमेरिकी गुप्तचर अधिकारीले जनाएका छन् । तर, अलकायदासँग आबद्ध व्यक्ति तथा समूहले भने अझै चुनौती सिर्जना गराउन सक्ने उनले बताएका छन् ।
‘लादेनको मृत्युले अलकायदालाई कमजोर बनाएको छ, ११ सेप्टेम्बरकै स्तरको आक्रमण गर्न नसक्ने अवस्थामा अलकायदा पुगेको छ,’ ती अधिकारीले शुक्रबार  भने । अलकायदामाथि विजय घोषणा गर्न नसकिए पनि ‘११ सेप्टेम्बर’ गराउने संगठन भने समाप्त भएको नाम उल्लेख
नगर्ने सर्तमा ती अधिकारीले बताए । (एएफपी)

प्रतिक्रिया