‘फोटो पत्रकारिता दिवसमा प्रभातफेरी’

काठमाडौं, १३ वैशाख । फोटो पत्रकारिता दिवसका अवसरमा राष्ट्रिय फोटो पत्रकारिता समूहले आज राजधानीमा प्रभातफेरी गरेको छ ।

‘सत्य समाचारका लागि फोटो पत्रकारिता’ भत्रे मूल नारा सहित आज बिहान भद्रकाली, सहिदढोका, सुन्धारा र नयाँसडक हुँदै शान्तिवाटिकामा पुगी प्रभातफेरी कोणसभामा परिणत भएको थियो ।

प्रभातफेरीमा काठमाडौं साइकल सिटी २०२० ले साइकलयात्रासमेत गरेको थियो ।

फोटो पत्रकारिता समूहले वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकारलाई समेत सम्मान गरेको छ ।
पत्रकार चित्रकारले पत्रकारले कुनै पनि पार्टीमा आबद्ध नभई पत्रकारितालाई व्यावसायिक धर्म मानेर काम गरेमा सफलता हासिल गर्न सक्ने बताए ।
राष्ट्रिय फोटो पत्रकारिता समूहका अध्यक्ष रवीन्द्रमान शाक्यले कोही कसैप्रति पूर्वाग्रह नभई सत्यतथ्य घटनामा आधारित भएर समाचार लेख्नका लागि सम्पूर्ण पत्रकारलाई आग्रह गरे ।
विसं १९८४ वैशाख १३ गते वीरगन्ज निवासी सूर्यमती श्रेष्ठनीले आफ्नो कपासको बगैँचामा बसी कामधेनु चर्खाबाट धागो कात्दै गरेको फोटो पहिलोपटक गोरखापत्रमा छापिएको दिनलाई मानेर फोटो पत्रकारिता दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया