सभासद डङगोलकी छोरी अपहरणमा

काठमाडौं १३ वैशाख । कांग्रेस सभासद तीर्थराम डंगोलले फागुन–१६ गते अपहरणमा परेकी छोरीमैयाँ महर्जनलाई राज्यले खोजिका लागि पहल नगरेको गुनासो गरेका छन् ।
राजधानीमा आज पत्रकार सम्मेलन गरेर सभासद डंगोलले छोरी खोज्नका लागि राज्यले पहल नगरे आन्दोलन गर्ने बताए । उनले अपहरणकारीसँग प्रहरी प्रशासनको मिलेमतो रहेको भन्दै छोरी पत्ता नलागे प्रहरी प्रशासन विरुद्ध आन्दोलनमा उत्रिने उल्लेख गरे ।
उनले आन्दोलन गर्नुपरे काठमाडौं उपत्यका ठप्प पार्ने चेतावनी दिएका छन् ।
जैसीदेवल, काठमाडौं निवासी ५१ वर्षीया महर्जन गत फागुन १६ गते विहान साथी सुरक्षा सिंह (निक्की) को घर जाने क्रममा अपहरणमा परेको आफन्तको भनाई छ ।

प्रतिक्रिया