एमाओवादी र मधेसी मोर्चा वार्ता

काठमाडौं, १३ वैशाख । एकीकृत माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चावीच शासकीय स्वरुप र राज्य पुनर्संरचना लगायतका विषयमा परामर्श भएको छ ।
काठमाडौंमा आज भएको वार्तामा शासकीय स्वरुपमा छलफल भएपनि प्रत्यक्ष कार्यकारी राष्ट्रपतिमा भने कुरा मिल्न भने सकेन । उनीहरु आ–आफ्ना पूर्व अडानमा यथावत रहेपनि अधिकार विहिन राष्ट्रपतिका विषयमा भने लचक देखिएका छन् ।
यद्यपि प्रमुख दलहरुले शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्यायप्रणाली, राज्य पुनर्संरचनामा प्रारम्भिक रुपमा राजनीतिक सहमति जुटाई सकेका छन् । आफ्ना एजेण्डा लागू गराउन उनीहरु आन्तरिक कसरतमा लागेका हुन् ।
दुई सत्तारुढ दलको बार्ताका क्रममा एमाओवादीले जनताबाट प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका पक्षमा सहयोग गर्न आग्रह गरेको मधेसी मोर्चाका नेता एवं सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए । बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै यादवले भने, ‘एमाओवादीको कार्यकारी राष्ट्रपतिमा हामी सहमत हुन सकेनौं ।’
मधेसी मोर्चाले भने सेरमोनीयर अर्थात अधिकार विहिन राष्ट्रपति सम्मलाई मान्न सक्किने पूर्व अडान राखेको थियो ।
मधेसी मोर्चाले जनताबाट चुनिएपनि वा संसदबाट निर्वाचित भएपनि राष्ट्रपति कार्यकारी अधिकार सहितको मान्न नसक्ने उल्लेख गरेको छ ।
त्यसै गरेर एमाओवादी र मधेसी मोर्चावीच निर्वाचन प्रणालीका विषयमा समेत कुराकानी भएको थियो । मधेसी मोर्चाले निर्वाचन प्रणाली पूर्ण समानुपापतिक हुनेपर्ने अडान राखेको छ ।

प्रतिक्रिया