रुसी महोत्सवमा आरु फुल्छ

काठमाडौ: मस्कोमा हुने एक्स आइभी इन्टरनेसनल फेस्टिभल अफ डिटेक्टिभ फिल्म्समा नेपाली चलचित्र यसरी आरु फुल्छ पनि प्रदर्शन हुने भएको छ ।  ४९ राष्ट्रका छोटा चलचित्रको सहभागिताबीच आगामी अप्रिल २५ देखि २९ सम्म हुने महोत्सवका लागि नेपालबाट सो चलचित्र  मनोनीत भएको हो । ३० मिनेटको सो चलचित्रका निर्देशक सुभाष गजुरेल हुन् ।
चलचित्र प्रदर्शन हुने भए पनि यसको निर्माण टोली भने खर्चको अभावका कारण महोत्सवमा नजाने भएको छ । निर्देशक सुभाषले भने– ‘आफूसँग खर्च छैन, राष्ट्रले दिँदैन, कसरी जानु ?’ कलिउड फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा सशस्त्र द्वन्द्वका बेला छोरा गुमाएकी आमाको पीडा समेटिएको छ ।

प्रतिक्रिया