संविधान सभा बैठक स्थगित

काठमाडौं, ११ वैशाख । लामो समय पछि आजका लागि तय भएको संविधानसभा बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।
बैठक अब वैशाख–१४ गते अपरान्ह तीन बजे बस्ने छ । प्रमुख दलहरुले बिवादित सबै बिषयमा सहमति जुटाउन नसकेपछि संविधानसभा बैठक प्रभावित भएको हो ।
बिवादित बिषय राज्य पुनर्संरचना र शासकीय स्वरुपमा दलहरुका बीच अझै सहमति हुन सकेको छैन । राजनीतिक सहमति भएपछि १४ गते बस्ने बैठकमा सबै बिषयमा छलफल हुने छ ।

प्रतिक्रिया