अन्तरिम संविधानको १२ औं संशोधन प्रस्ताव

काठमाडौं, १० वैशाख । सरकारले अन्तरिम संविधानको धारा–७० संशोधनका लागि १२ औं संशोधन बिधेयक आज संसद सचिवालयमा दर्ता गराएको छ ।

कानून मन्त्री बृजेशकुमार गुप्ताका तर्फबाट मन्त्रालयका कर्मचारीले सो संशोधन बिधेयक दर्ता गराएको संसद सचिवालय बिधेयक शाखाले जनाएको छ । आज दर्ता भएको बिधयक पाँच दिन पछि परिपक्व हुने छ ।

नयाँ संविधान जारी गर्ने क्रममा अन्तरिम संविधान अनुसार, प्रक्रिया मार्फत जाँदा जेठ–१४ को समय अप्रयाप्त हुने भएपछि सबै दलहरुको सल्लाहामा सरकारले संविधान संशोधन गर्न लागेको हो । धारा–७० संशोधन गरेर छोटो प्रक्रियाबाट नयाँ संविधान जारी गरिने छ ।

व्यवस्थापिका संसद हाल चलेको छैन । संभवत छिट्टै आह्वान हुने बर्षे अधिवेशनले अन्तरिम संविधानको १२ औं संशोधन बिधेयक पारित गर्ने छ ।

उता, भोलिबाट संविधान सभा बैठक समेत बस्दैछ । बैठकमा संविधानका बिवादित बिषयमा छलफल हुने कार्यक्रम छ ।

प्रतिक्रिया