‘शीर्ष बैठक केही समयलाई स्थगित’

काठमाडौं, १० वैशाख । मुलुकको नयाँ संविधानका बिवादित बिषयमा सहमति खोज्न बसेको शीर्ष चार दलको बैठक केही समयका लागि स्थगित भएको छ ।
एमाओवादी, कांग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुको राजधानीमा बसेको बैठकमा बिवादित बिषयहरुमा सहमति खोज्ने प्रयास भएको थियो । शासकीय स्वरुप, राज्य पुनर्संरचना, न्यायप्रणाली, नागरिकतालगायतका बिषयमा छलफल भएको बैठक पछि फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।
बैठक पुनः बस्ने गरेर सहमतिको प्रयास गर्ने भन्दै केही समयका लागि बैठक स्थगित गरिएको हो । बैठक आजै बस्ने छ । बैठकमा शनिबार बेलुका भएको शीर्ष बैठकका बारेमा समेत परामर्श भएको थियो ।

प्रतिक्रिया