हतियार कारोबारी पक्राउ

वीरगन्ज, ९ वैशाख । बारामा हतियारको कारोबार गर्दै आएका गिरोहका एक सदस्य शनिबार हतियारसहित पक्राउ परेका छन् ।
सदरमुकाम कलैयामा हतियार बिक्री गर्न आएका हरैया–६ का २८ वर्षीय सन्तोष भनिने कासी तिमिल्सिना पेस्तोलसहित पक्राउ परेका हुन् । उनका साथबाट प्रहरीले म्याग्जिन र दुई राउन्ड गोली पनि बरामद गरेको छ ।
‘तिमिल्सिना हतियारको कारोबारी भएको सूचना आएको थियो,’ जिल्ला प्रहरी कार्यालय बाराका इन्स्पेक्टर रामनाथ घिमिरेले भने, ‘शनिबार तिमिल्सिना हतियार बेच्न कलैया आउदै छन् भन्ने सूचना पाएर गौ“डामा ढुकेर बसेका थियौ ।’ तिमिल्सिनाले प्रहरीलाई दिएको प्रारम्भिक बयानका आधारमा प्रहरीले डुमरवाना–८का लीला भनिने साइ“ला लामाको घरमा पनि शनिबार नै छापा मारेको थियो । निजगढबाट गएको प्रहरीको टोलीले लामाको घरबाट दुई थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी पुगेपछि लामा भने भाग्न सफल भएका छन् ।
तिमिल्सिनाले डुमरवानाका लामा पनि हतियारको कारोबारमा संलग्न रहेको र उनैले पेस्तोल बिक्री गर्न कलैया पठाएको बयान  दिएका छन् ।
यस्तै, मकवानपुर प्रहरीले हटिया–२ गोदावरीमा एक थान भरुवा बन्दुक बरामद गरेको छ । भरत ढुंगाना र बलराम अधिकारीबीच जग्गाका विवाद भएको स्थानबाट बन्दुक बरामद गरिएको हो ।

प्रतिक्रिया