न काम छ, न बस्ने ठाउ

काठमाडौं, ९ वैशाख । सामान्य प्रशासन मन्त्रालयबाट सरुवापत्र लिएर सम्बन्धित मन्त्रालयमा हाजिर भएका कर्मचारीले महिनादिन बितिसक्दा पनि काम त के बस्ने ठाउसमेत पाउन सकेका छैनन् । सरुवा भएर पुगेका कर्मचारी कार्यकक्ष र कामको टुंगो नलागेपछि हाजिर गरेर फर्कने गरेका छन् ।
कृषि तथा सहकारीमा सरुवा भएका उपसचिव कृष्णप्रसाद शर्माले एक महिना हुदा पनि कार्यकक्ष नपाएको बताए । मंगलबार मन्त्रालयको कर्मचारी प्रशासन शाखामा टहलिदै गर्दा भेटिएका शर्माले भने, ‘सरुवापत्र बोकेर त आइयो तर कहा बसेर काम गर्ने भन्ने टुंगो छैन ।’
स्थानीय विकासमा पुगेका उपसचिव विश्वप्रकाश अर्यालले पनि कार्यकक्ष पाएका छैनन् । उनले भने, ‘मन्त्रालय आएको यत्तिका दिन भयो, न काम छ न त बस्ने कुर्सी नै †’ उनी चैत अन्तिम साता स्थानीयमा सरुवा भएका रहेछन् । उनका अनुसार आफूजस्तै अन्यले पनि अझै केही दिन काम र कार्यकक्ष पाउने सम्भावना छैन । उनले भने, ‘सरुवा भएर सम्बन्धित मन्त्रालयमा पुगेको डेढ महिनासम्म काम र कुर्सी नपाउनु सामान्यजस्तै बनिसकेको छ ।’
रिक्त पदमा क्षमताअनुसार कर्मचारी पदस्थापन गरिनुपर्ने भएकाले सरुवा भएका कर्मचारीको पदस्थापन हुन अझै केही दिन लाग्ने कृषि मन्त्रालयका प्रवक्ता डा. हरि दाहालले बताए । ‘कर्मचारी सरुवा भएर आउने क्रम जारी रहेकाले पदस्थापनमा ढिलाइ भएको हो,’ प्रवक्ता दाहालले भने, ‘मन्त्रालयमा रिक्त दरबन्दी र क्षमताका आधारमा कर्मचारीको पदस्थापन गरिन्छ ।’
ढिलोगरी सरुवा तथा बढुवा भएकाले कर्मचारी पदस्थापनमा समस्या देखिएको सामान्यका प्रवक्ता केवलप्रसाद भण्डारी बताउछन् । ‘सरुवापत्र बोकेर सम्बन्धित कार्यालयमा कर्मचारी पुगिनसकेकाले कर्मचारीको पदस्थापन हुन अझै केही दिन लाग्न सक्छ,’ प्रवक्ता भण्डारीले भने, ‘सामान्यमा सरुवा भएका कर्मचारी आउने क्रम जारी रहेकाले यहा पनि सबै कर्मचारीको पदस्थापन हुन बाकी नै छ ।
भूमिसुधारमा सरुवा भएका ४१ भन्दा बढी कर्मचारीको पदस्थापन हुन सकेको छैन । मन्त्रालयका प्रवक्ता कृष्णबहादुर राउतले भने, ‘सरुवा भएर मन्त्रालयमा हाजिर गर्न आएका कर्मचारीको पदस्थापन गर्न अझै एक दुई साता लाग्न सक्छ ।’ उनका अनुसार कर्मचारी दरबन्दी मिलान हुन नसक्दा समस्या आएको छ ।
काठमाडौं उपत्यकाका तीन तथा बाहिरका २५ भन्दा बढी जिल्ला मालपोत कार्यालयमा दरबन्दी मिलान गर्न सबैभन्दा बढी समस्या भएको उनले बताए । उपत्यकाका तीन मालपोत कार्यालयमा आवश्यक दरबन्दीभन्दा दर्जन बढी शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारी छन् । स्रोतका अनुसार भूमिसुधारमा सरुवा भएका अधिकांश कर्मचारीको ध्यान मालपोतमा पर्ने भएकाले कर्मचारी पदस्थापनमा समस्या भएको हो ।
वाणिज्य तथा आपूर्तिमा पनि कर्मचारी पदस्थापन हुन सकेको छैन । मन्त्रालयका सहप्रवक्ता दीपक पाण्डेले भने यसलाई सामान्य रूपमा लिनुपर्ने बताए । उनले सौर्यसग भने, ‘मैले नै मन्त्रालयमा सरुवा भएर आउदा ६ महिनासम्म बस्ने कोठा पाइन, अहिले एक दुई सातामै कोठा नपाउदा सरुवामा परेका कर्मचारी आतिनुपर्दैन ।’
श्रमका सहसचिव विनोद केसीले पनि सरुवा भएर आएका कर्मचारीको अझै केही दिन पदस्थापन हुन नसक्ने बताए । उनले भने, ‘कहा खाली छ, अवकाश पाउन लागेका कर्मचारी कति छन्, त्यसबारे टुंगो लागेपछि मात्र सरुवा तथा बढुवा भएर आएका कर्मचारीको पदस्थापन हुन्छ ।
शिक्षामा पनि अवस्था उस्तै छ । मन्त्रालयका सहप्रवक्ता रोजनाथ पाण्डेले सरुवा भएर आएका कर्मचारीको पदस्थापन वैशाखभित्र भइसक्ने बताए । त्यस्तै, स्वास्थ्य, महिला तथा बालबालिका, सिचाइ, परराष्ट्र, वनलगायत मन्त्रालयमा सरुवा भएर पुगेका कर्मचारी पनि हाजिर गर्दै फर्कने गरेका छन् ।

प्रतिक्रिया