लाइसेन्स बनाउने ९६ जनाको गिरोह पक्राउ

नेपालगन्ज, ९ वैशाख । नक्कली लाइसेन्स लिन गाडी रिजर्भव गरेर नेपालगन्ज आएका ९६ जनालाई बांके प्रहरीले आज पक्राउ गरेको छ ।

नवलपरासीको नवलपुर ड्राइभिङ सेन्टर, चितवनको हाम्रो ड्राइभिङ इन्स्टिच्युट र बुटवलको एस के ड्राइभिङ सेन्टर मार्फत नक्कली लाइसेन्स लिन आएका उनीहरुलाई प्रहरीले नेपालगन्जको क्यापिटल र जलजला होटलबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरु  चितवन, बुटवल र नवलपरासीका छन् । उनीहरुबाट नक्कली लाइसेन्स र यातायात कार्यालयमा मात्र प्रयोग हुने ढड्डा लगायतका सामान समेत बरामद गरिएको बाँकेका एसपी बिक्रमसिंह थापाले बताए ।

पक्राउ परेकाहरु गाडी रिजर्भ गरेर शुक्रवार राति नेपालगन्ज आइपुगेका थिए । क्यापिटलमा ५५ जना र जलजला होटमलमा  ३६ जना बास बसेका थिए ।

यातायात कार्यालय भेरीका कर्मचारी र केही प्रहरी समेतको मिलोमतोमा यसरी नक्कली लाइसेन्स बनाइएको हुन सक्ने एसपी थापाले बताए । सरकारी कार्यालयमा मात्र हुनुपर्ने ढड्डा होटमलमा पाएकाले नक्कली लाइसेन्स बनाउने कामका कर्मचारीको मिलोमतो पुष्टि भएको एसपी थापाले बताए ।

प्रहरीले नक्कली लाइसेन्स बनाउने सक्रिय एस.के. ड्राईभिङका ऋषि रिमाल र नवलपुरका सन्तोष शर्मालाई पनि पक्राउ गरेको छ । हाम्रो ड्रइभिङका कुमार परियार फरार छन् ।

यातायात कार्यालयका कर्मारीले प्रतिब्यक्ति ५ देखि साढे ९ हजार रुपियाँ असुल गरी दलाल मार्फ लाईसेन्स बितरण गर्दै आएको सूचनाका आधारमा प्रहरीले लाईसेन्स बनाईदिने गिरोह र लाईसेन्स बनाउन आएकालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया