थोरै राज्य बनाउने दुई दलवीच सहमति

काठमाडौं, ९ वैशाख । एकीकृत माओवादी र नेपाली कांग्रेसले राज्य पुनर्संरचना गर्दा सकेसम्म थोरै संघीय राज्य बनाउने सहमति कायम गरेका छन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा आज विहान बसेको दुई दलका शीर्ष नेताहरुको बैठकले संघीयता बनाउदा थोरै भन्दा थोरै राज्य बनाउने सहमति भएको नेताहरुले बताएका छन् ।

जातयी राज्य बनाउने वा संघीय राज्यको नामाकरण के गर्ने बिषयमा भने कुनै सहमति भएको छैन ।

बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले राज्य पुनर्संरचना, शासकीय स्वरुप लगायतका बिषयमा सहमतिको प्रयास भएको बताए ।

उनले भने, ‘राज्य पुनर्संरचना गर्दा सके सम्म थोरै भन्दा थोरै संघीय राज्य बनाउने सहमति भएको छ ।’ पौडेलले संघीय राज्यको नामका बारेमा भने सहमति नभएको बताए ।

एमाओवादी सचिव पोष्टबहादुर बोगटीले पनि कांग्रेससँगको छलफल सकारात्मक रहेको भन्दै सहमतिको नजिक पुगिएका बिषयमा अन्य दलहसँग पनि परामर्श गर्ने बताए ।

उनले सबै लाई हुने गरेर राज्य पुनर्संरचना गर्ने बताए ।

बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस सभाति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल लगायतका नेताहरुको सहभागिता थियो ।

प्रतिक्रिया