प्रभावशाली बन्दै छ एकेडेमी

मध्यपुर युथ एसोसिएसनको फुटबल एकेडेमीका उत्पादन सरोज दाहाल थ्रीस्टार क्लब र हिमालयन शेर्पा क्लबको प्रतिनिधित्व गरिसकेर घर फर्किएका छन् । ‘ गड फादर ‘ झैँ रहेका प्रशिक्षक उपेन्द्रमानसंगै दुई सिजनको यात्रापछि यी दुई गुरुचेला आफ्नै क्लबमा रहने भएका हुन् । क्लब यसै सत्र ए डिभिजनमा प्रवेश गरेपछि यी दुई पुरानो क्लब छाड्दै आफ्नै क्लब मध्यपुरमा केन्दि्रत भएका हुन् । मध्यपुर ए डिभिजनमा प्रवेश गरेपछि क्लबका अन्य थुप्रै खेलाडीले पनि ए डिभिजनको अनुभव बटुल्ने निश्चित भइसकेको छ ।
एन्फा एकेडेमीले यु-१७ राष्ट्रिय टोलीलाई दुई क्लबमा विभाजन गरेर दिने निर्णय गरिसकेको छ । यो निर्णयपछि एन्फाले भिन्न क्लबसँग वार्ता पनि सुरु गरिसकेको छ । एन्फा एकेडेमीको पहिलो सत्रका खेलाडीले प|mेन्ड्स क्लब र ब्वाइज स्पोर्ट्स क्लबबाट यात्रा सुरु गरेपछि वर्तमान राष्ट्रिय टोलीमा सबैभन्दा प्रभावकारी ठहरिएका एकेडेमीका तेस्रो सत्रका खेलाडी संकटा क्लबमा आबद्ध थिए । त्यसपछि यो सत्रको सम्झौता कोसंँग भन्ने निश्चित छैन । सहारा फुटबल एकेडेमीले आफ्ना थुप्रै खेलाडीलाई ए डिभिजनमा प्रवेश गरायो । एकेडेमीको पहिलो सत्रको उत्पादन अनिल गुरुङ राष्ट्रिय टोलीमा परेको थुप्रै वर्ष भइसक्यो । सहारा क्लबका १४ खेलाडी बी डिभिजन क्लब ब्वाइज युनियन क्लबमा आबद्ध भइसके ।
नेपाली फुटबलमा भिन्न प्रभाव छाडेको नेपाल पुलिस क्लबको कथा छुट्टै छ । नेपालका परिचित खेलाडी भित्र्याए पनि एकेडेमीका केही खेलाडी नेपाली फुटबलमा छाइसके । भोला सिलवाल र जुमानु राई यसैका उदाहरण हुन् ।  यस सत्र पुलिसले आफंले उत्पादन गरेका कत्ति खेलाडीलाई  ए डिभिजन जर्सी भिर्न दिने हो, प्रतीक्षाकै विषय बनेको छ ।
प|mेन्ड्स क्लबका अधिकारी  सुदूरपश्चिम पुगेर साइनिङ सन फुटबल एकेडेमीका खेलाडीसंग सम्झौता गरेर फर्किसके । आसन्न नेपाली फुटबल एकेडेमीका खेलाडीको प्रभावमा रहने निश्चित छ । २०६० मा एन्फा एकडेमीको पहिलो सत्र पन्ड्स क्लबमा आबद्ध भएपछि एकडेमीको प्रभाव देखिए पनि आठ वर्षपछिको कथा फरक भइसकेको छ । आठ वर्षपछि सहारा, मध्यपुर र साइनिङ सनको असर नेपाली फुटबलमा देखिने छ ।
एन्फा एकेडेमीकै खेलाडीको प्रदर्शन र सम्भावनाका बारे प्रशिक्षक सुनिल श्रेष्ठ भन्छन् ‘ यो टोलीले राम्रो खेल्दै  आएको छ । दक्षिण एसियाली युथ च्याम्पियनसिप जित्नलायक टोली भए पनि हामी अभागी ठहरिएका थियौँ । त्यो प्रतियोगिताले नै हाम्रो स्तरीयता पुष्टि गरिसकेको छ ।’
श्रेष्ठले भनेझैँ अब रिलिज हुने एन्फा एकेडेमीको टोली प्राविधिक रुपमा स्तरीय र फिटनेसमा पनि राम्रो मानिन्छ । टोलीका कप्तान हेमन गुरुङको स्किल र ऋषि थापाको खेल ए डिभिजनमा जम्नलायक नै  छ । ए डिभिजनमा कौशल देखाउनुअगावै यी खेलाडीले थुप्रै प्रतियोगितामा ए डिभिजनका खेलाडीको सामना गरिसकेका छन् ।  लामो समयदेखि यो टोलीलाई हेरिरहेका प्रशिक्षक श्रेष्ठ केही अनुभवी खेलाडीको सम्मिश्रण गराएमा यो टोलीले ए डिभिजन लिगमा राम्रो फड्को मार्न सक्ने बताउँछन् ।
मध्यपुरले ए डिभिजनमा प्रवेश गरेपछिको सर्वाधिक ठूलो प्रतियोगिता  बि्रटिस गोर्खा कपमा सहभागिता जनाए पनि पहिलो खलमा नै पराजयको सामना गर्‍यो । पहिलो खेलमा पराजित भए पनि टोलीका युथ खेलाडी यमन राजवाहक, शिोर दवुवाल र विवेकप्रताप सिंहले राम्रो खेले । आफँैले उत्पादन गरेका खेलाडीले तल्लो तहदेखि सफलता पाउँदै ए डिभिजनमा पाइला टेकेपछि क्लब प्रशिक्षक सिंह अन्य क्लब छाडेर आफ्नै क्लबमा आबद्ध भएका हुन् । उनी अबको  यु-२२  नेपाली राष्ट्रिय टोलीमा आफ्नै क्लबका थुप्रै खेलाडी अटाउने कुरामा आशावादी छन् ।
फुटबलका साथै  सामाजिक अनुशासनको  पयार्य बनेको साइनिङ सन एकेडेमीका मनीराम चौधरी सुदूरपश्चिमलाई छैटां राष्ट्रिय खेलकुदमा फुटबलतर्फको स्वर्ण पदक दिलाउन सफल भएपछि  सबैको आशाका केन्द्र बनेका थिए  । तिनै मनिराम अहिले पन्ड्स क्लबमा आबद्ध छन् । साइनिङ सनका नरेन्द्र चौधरी पनि राष्ट्रिय खेलकुदमा सानदार प्रदर्शन गरेपछि धेरैको आशाका केन्द्र बने पनि उनी अध्ययनका लागि काठमाडां नआएका हुन् । आठ वर्षअघि प|mेन्ड्स क्लब र एन्फाबीच भएको सम्झौतापछिको एकेडेमीबाट व्यावसायिक जीवनको यात्रा अलि फरक छ । मध्यपुर, साइनिङ सन र सहाराका लागि पनि  यो सत्रको फुटबल आफ्नो स्तरीयता पुष्टि गर्न थप अवसर बनेको छ ।

प्रतिक्रिया