अप्रिलफुलका दिन…

काभ्रे, ८ वैशाख । अप्रिल फुल । नेपालीले कमै मनाउने दिवसमा पर्छ यो । १९ चैतमा आइतबार परेको थियो । झुक्याउन पाइयो भने ठूलो भइन्छ भन्ने उद्देश्यले अप्रिलफुलका विषयमा जान्ने व्यक्तिले झुक्याइरहेका थिए । दिउसो ५ बज्दै थियो, विवाह गरेको महिना दिन मात्रै भएकी एक युवतीले आत्महत्या गरेको खबरले सहर हल्लियो । तर, खबरको विश्वास कसैले गरेन ।
काभ्रे जिल्ला पनौती–८ मल्पीमा १९ वर्षीया सुनिता मगरातीले अप्रिलफुलकै दिन घरको बुइगलमा रहेको छानाको धुरीमा पासो लगाएर आत्महत्या गरिन् । माइती आएकी सुनिताले घरमा कोही नभएको समय पारी दिउसै छिंडीमा रहेको झ्याल र ढोका बन्द गरेर दिउसो चारबजे संसार छाडिन् । १४ पेज लामो ‘सुसाइड नोट’ मा सुनिताले आत्महत्याको कारण प्रस्ट खुलाएकी छन् ।

कथा यसरी सुरु हुन्छः
‘भर्खर म १८ वर्ष लागे । घरमा मेरो विवाहको कुरा चल्दै थियो । त्योभन्दा पहिला नै मेरो भक्तपुर घर भएको केटासग प्रेम बसिसकेको थियो । सायद ऊविना म पानीविनाको माछाजस्तै हुन्थे । भक्तपुरको वासु उच्च माविमा पढ्दा पढ्दै म चर्च जान थाले । त्यहीक्रममा मेरो प्रेम बस्यो । घरमा विवाहको कुरा चल्यो । जग्गाको लफडाले बुवाआमा मेरो विवाह चाडो गरिदिने सोचाइमा हुनुहुन्थ्यो । मैले आफूले प्रेम गरेको केटाका बारेमा भन्न सकेकी थिइन ।
मलाई केटा एक प्रतिशत पनि मन परेको थिएन । विवाह गरौ कि नगराै ? दोधारमा हुदा हुदै बुवाममीले कुरा टुङ्ग्याइसक्नु भएछ । मन नपरी नपरी सञ्जीवसग ११ फागुन २०६८मा विवाह भयो । मेरो विवाहमा समेत मेरो मनको हिरो मसगै थियो । यसको भेउ कसैले पाएन । केटाको परिवार धनी थियो । उसको र मेरो सम्बन्धका बारेमा थाहा भएको भए उसको घरमा फाटो आउथ्यो । विवाह गरेर पनि  रमाउन सकिने हाम्रो योजना थियो ।
विवाहकै दिन सञ्जीव र मलाई एउटै कोठामा सुत्न पठाइदिए । ऊ एउटा ओढ्ने ओढेर सुत्यो, म कम्बल । त्यसले मेरो कपडा खोल्न खोज्यो, मैले अटेर गरे । विवाहको पहिलो दिन नै उसले मेरो शरीर चलाउन खोज्यो, मैले दिन सकिन । बिहान ४ बजे उठेर म शौचालय गए । उज्यालो भुइमा झरेपछि मात्रै म कोठामा आए । भोलिपल्ट पनि उसले त्यही व्यवहार देखायो । मैले उसको शारीरिक सम्पर्क गर्ने चाहना पूरा गरिन । कारण, मेरो त मनको हिरो अर्कै थियो । उसलाई सुम्पनुपर्ने मेरो शरीर विवाह गरेको भन्दैमा मैले सञ्जीवलाई सुम्पनुपर्ने कुनै कारण छ ? अरुले पनि मलाई ‘सञ्जीवसग सुतेर उसको इच्छा पुरा गरिदे’ भन्न थाले । मैले कसैको कुरा सुनिन ।’
विवाहको ३७ दिनसम्म पनि ऊप्रतिको मायामा एक प्रतिशत पनि कमी आएन । मेरो वरीपरि उही मात्रै हुन्थ्यो । केहीपछि मैले मेरो मनको हिरो ‘एम’ लाई भेटें । ऊ मेरो खुसी चाहन्थ्यो । सामाजिक रुपमा मैले उसलाई श्रीमान् बनाउन सक्दिनथे । सञ्जीव मेरो लोग्ने भए पनि वास्तविक लोग्ने उही थियो ।  एक दिन मेरो घरमा ‘एम’ आयो तर बस्नचाहि मेरी दिदीको घरमा गएर बस्यो । ऊ आएको थाहा पाएपछि ऊसगै म गए । दुई दिनसम्म रातको २ बजेसम्म ऊ र म रमाइलो गरेर टिभी हेरेर बस्थ्याै । त्यो कुरा सञ्जीवले थाहा पाएको थियो । त्यही विषयले उसले मलाई कुटेको थियो । एमसगै अन्य आफन्त लिएर म फेरि जनागालस्थित बाजेको घरमा आए । त्यहा आउदा एमले मलाई सबैको अगाडि झ्याम्म अंगालो हाल्यो । मैले लाज मानिन । यो सबै कुरा मेरा आफन्तले देखेकाले सञ्जीव र दिदीभिनाजुले ‘घर छाडेर गए हुन्छ’ भन्ने धम्की दिनुभयो ।

म सञ्जीवलाई लोग्ने स्विकार्न नसक्ने । मेरो कुरा घरमा बुवाआमाले बुझ्न नसक्ने । श्रीमतीसग सम्पर्क गर्न नपाउने केटा मान्छेले कहिलेसम्म महिलालाई त्यही रुपमा राख्न सक्छ ? मेरो मनले पति बनाएको पुरुष पनि मैले पाएको छैन । अरु जे जे सुविधा भए पनि दिउसभरि काम गरेर बेलुका थकाइ मार्न त मनमा भएको केटा मान्छे चाहियो नि † जोसग पनि सुतेर हुने हो भने त विवाह नै किन गर्नु पर्‍यो र ? कसैले मेरो मनको कुरो बुझ्न सकेनन् । यस्तो अवस्थामा ती छोरीको जाने स्थान कता हुन्छ ?
मनले चाहेर पनि पाउन नसकेको मेरो ‘एम’ यस जुनीमा तिमीलाई पाउन सकिन । अर्का जुनीमा तिमीसगै भेट्ने वाचासहित । मलाई माफ गरिदेऊ है मेरा प्यारा बाबाआमा, भाइबहिनी, मेरो प्यारो ठूलो बाबा, ठूली ममी ।’
प्रहरी पनि अप्रिलफुल नै सम्झेर सुनिताले आत्महत्या गरेको स्थानमा पुग्यो तर त्यो घटना सत्य थियो । भक्तपुर विवाह गरेर दिइएकी सुनिताको आत्महत्याले धेरै चेलीको भावना नबुझ्दा यसरी नै आत्महत्या हुने गरेको पाइएको छ । प्रहरीले खानतलासीमा प्राप्त गरेको सुनिताको ‘सुसाइड नोट’  भर्खरै मात्र अध्ययन गरेको छ ।

प्रतिक्रिया