लेखाद्वारा छानबिन समिति

काठमाडौं : सार्वजनिक लेखा समितिले छैटां राष्ट्रिय खेलकुद प्रतियोगितामा भएको सम्पूर्ण खर्चको विवरण छानबिनका लागि पाँचसदस्यीय समिति गठन गरेको छ ।
वैशाख मसान्तभित्र प्रतिवेदन बुझाउने कार्यादेश भएको समितिमा भानुभक्त जोशी, कमला पन्त, टेकबहादुर बस्नेत, प्रमोद गुप्ता र सरला रेग्मी छन् । यस समितिलाई राष्ट्रिय खेलकुद परिषद् -राखेप) को तीन वर्षयताको आय-व्यय खोजी गर्न पनि निर्देशन दिएको छ ।
निर्देशनबमोजिमका सबै प्रतिवेदन प्राप्त नभएकाले भौतिक संरचनाको अध्ययन गर्नका लागि समिति गठन गरिएको लेखा समिति सभापति रामकृष्ण यादवले जानकारी दिए । यसै खेलकुद प्रतियोगिताको सम्भावित अनियमितालाई दृष्टिगत गरी समितिले तीन वर्षयताको राखेप आय-व्ययबारे बुझ्न पनि समितिलाई जिम्मेवारी दिएको हो । पछिल्ला तीन वर्षमा पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगितासमेत आयोजना भएको थियो । लेखा समितिले बिहीबार राखेप सदस्य-सचिव युवराज लामा, खेलकुदमन्त्री कमला रोका र खेलकुद मन्त्रालयका सचिव सुशील घिमिरेलाई बोलाएको थियो । रोका देशबाहिर रहेकाले बिहीबारको बैठकमा खेलकुद राज्यमन्त्री गोपी अच्छामी उपस्थित थिए ।

प्रतिक्रिया