कसले पचायो त्यो रकम ?

काठमाडौं, ७ वैशाख । नेपालगन्जको स्नेहा होटलले नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री र भीम रावल गृहमन्त्री हुदाको एउटा बिलको भुक्तानी अझै पाउन सकेको छैन । जिल्ला भ्रमणका क्रममा नेपाल र रावल सो होटलमा बास बस्दाको बिलको भुक्तानीका लागि जिल्ला प्रशासन कार्यालय बाकेले गृह मन्त्रालयलाई साढे दुई वर्षदेखि ताकेता गरेको गर्‍यै छ । अर्कातिर, तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको स्वकीय सचिवालयका कर्मचारीले ती भ्रमणका बिल–भर्पाई पेस गरी प्रधानमन्त्री कार्यालयबाट भुक्तानी लिइसकेको देखिएको छ तर पनि होटलले भुक्तानी पाउन सकेको छैन ।
तत्कालीन प्रधानमन्त्री नेपाल २४ भदौ ०६६ मा र गृहमन्त्री रावल २५ साउन ०६६ मा नेपालगन्जको सुविधासम्पन्न स्नेहा होटलमा एक रात बसेका थिए । बेलुकाको खाना, बिहानको नास्ता र कोठा भाडा गरी दुवैको बिल ६८ हजार आठ सय ३२ रुपिया भएको थियो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार दुवै नेताले जिल्ला भ्रमणमा जादा पाउने सुविधाअनुसारको भ्रमण खर्च र दैनिक भत्ता भने भुक्तान भइसकेको छ । उनीहरूका स्वकीय सचिवालयका कर्मचारीले ०६६ सालको असोजमै प्रधानमन्त्री कार्यालयको लेखा शाखाबाट रकम बुझेको स्रोतले जनाएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार तत्कालीन प्रधानमन्त्री नेपाल र गृहमन्त्री रावलले बाकेलगायत जिल्ला भ्रमण गर्दा खर्च भएको ७० हजारभन्दा बढी रकम पनि सचिवालय कर्मचारीमार्फत बुझेका छन् । सरकारबाट भ्रमण खर्च बुझे पनि स्वकीय कर्मचारीले होटललाई भने भुक्तानी गरेनन् । उल्टै होटलको बिल भुक्तानीका लागि जिल्ला प्रशासन कार्यालयलाई अह्राएका थिए ।
प्रधानमन्त्री कार्यालयले भने स्वकीय सचिवालयका कुन–कुन कर्मचारीले रकम बुझेका हुन् भन्ने ठम्याउन सकिरहेको छैन । बिल भुक्तानीका लागि होटलले पटक–पटक ताकेता गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय बाकेले १७ वैशाख ०६६ मा गृह मन्त्रालयलाई पत्र काटी आवश्यक रकम निकासा गरिदिन आग्रह गरेको थियो । ‘प्रधानमन्त्री माधवकुमार नेपाल तथा गृहमन्त्री भीम रावल जिल्ला भ्रमणमा रहेका बेला शान्ति–सुरक्षासम्बन्धी बैठक हुदा होटल स्नेहामा बास बस्दा खाएको खाना तथा नास्ता आदिको बिल रकम भुक्तानीका लागि बारम्बार उक्त होटलबाट ताकेता भइरहेको र यस कार्यालयमा बजेट अभावका कारण भुक्तानी गर्न नसकिएको हुदा रकम निकासा गरिदिनुहुन अनुरोध छ,’ बाके प्रशासनले गृहलाई पठाएको पत्रमा उल्लेख छ ।
गृह मन्त्रालयले भने नेताहरू भ्रमणमा जादा भुक्तानी गर्ने कुनै व्यवस्था नभएकाले रकम निकासा गर्न नसकिने जनाएको छ । ‘हामीकहा बिलसहित बाके प्रशासनले भुक्तानीका लागि रकम माग गरेको छ तर हामीले रकम भुक्तानी गर्न मिल्दैन भनेर जानकारी गराएका छौ,’ गृहका आर्थिक प्रशासन शाखा प्रमुख थानेश्वर गौतमले भने, ‘गृहसग त्यस्तो रकम भुक्तानी गर्ने कुनै व्यवस्था नभएकाले दिन सकिदैन ।’
स्नेहा होटलको बसाइमा नेपाल र रावल दुवैले डिलक्स कोठा लिएका थिए । उक्त कोठाको एक रातको भाडा पाच हजार ६ सय रुपिया लाग्ने होटलका एक कर्मचारीले बताए । बिहानको नास्तामा पनिर पकौडा, आलु मटर, फिंगर चिप्स, कोक फ्यान्टाखाएको होटल स्रोतले जनाएको छ । नेपाल जादा २२ जना र रावल जादा नौजना प्रतिनिधिले खाना तथा नास्ता गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय र एमालेका स्थानीय नेताहरूको आग्रहमा नेपाल र रावललाई होटलमा बस्ने व्यवस्था मिलाइएको थियो । होटलले बिल भुक्तानीका लागि एमालेका स्थानीयदेखि केन्द्रीय नेतासम्मलाई पनि गुहारिसकिएको छ । स्वयं नेता नेपाल र रावललाई पनि भुक्तानीको पहल गरिदिन आग्रह गरिएको होटल स्रोतले जनाएको छ । ‘उक्त बिल भुक्तानीका लागि हामीले सरकारलाई मात्र नभएर एमालेका जिल्ला तथा केन्द्रका नेतासम्मलाई पनि भनिसक्यौ तर कसैले पनि भुक्तानीमा चासो दिनुभएको छैन,’ होटलका एक कर्मचारीले भने ।
नेपाल र रावलले भने होटलको बिल भुक्तानीबारे आफूहरूलाई जानकारी नभएको बताए । सरकारी काममा जादा भएको खर्च गृह मन्त्रालयले भुक्तानी गर्ने रावलले बताए । ‘त्यो मेरो व्यक्तिगत कुरा होइन, निजी कामले गएको पनि होइन,’ रावलले सौर्यसग भने, ‘यसबारे गृहलाई नै सोध्नुस्, उसैले बिल भुक्तानी गर्ने हो ।’ पदमा बहाल हुदा होटलमा बसेको बिल तिर्न आजसम्म कसैले नभनेको बताउदै उनले तीन वर्षपछि कुरा उठाइएकामा आश्चर्य प्रकट गरे । ‘झन्डै तीन वर्षपछि किन यसबारे चर्चा गर्न खोजिदै छ, मैले बुझ्न सकिन,’ रावलले भने ।
तत्कालीन प्रधानमन्त्री नेपालका प्रेस सल्लाहकार विष्णु रिजालले पनि होटलको बिल भुक्तानी भए नभएकोबारे आफूलाई जानकारी नभएको बताए । रिजाल त्यतिबेला प्रधानमन्त्री नेपालसगै भ्रमणमा थिए । ‘मौसम खराबीका कारण धनगढीबाट राजधानी आउन नसकेपछि प्रधानमन्त्रीसहित हामी चारजना एक रात नेपालगन्ज बसेका हौ, त्यतिबेला प्रधानमन्त्रीलाई होटलमा राख्ने काम त्यहाको प्रशासनले गरेको हो,’ रिजालले भने । आफूहरू दुई कोठा मात्रै लिएर बसेकाले होटलको बिल ६ ७ हजारभन्दा धेरै नहुनुपर्ने रिजालले बताए । ‘माधवकुमार नेपाल अरू नेताजस्तो मदिरा सेवन नगर्ने भएकाले स्वाभाविक रूपमै अरूभन्दा कम बिल आउछ तर कसरी यति धेरै बिल देखाएछ थाहा भएन,’ उनले भने । नेता नेपालले प्रधानमन्त्री हुदा पाउने भ्रमण खर्च र भत्ता नलिएको दाबी पनि रिजालले गरे ।
प्रधानमन्त्री कार्यालयको आर्थिक शाखाका प्रमुख उमाकान्त आचार्यका अनुसार जिल्ला भ्रमणमा गएका कुनै पनि प्रधानमन्त्री तथा मन्त्रीहरूको भ्रमण खर्च र दैनिक भत्ताबापतको रकम निकासा गर्न बाकी छैन । ‘तत्कालीन प्रधानमन्त्री नेपाल तथा गृहमन्त्री रावलको मात्रै हैन, जिल्ला भ्रमणमा भएको खर्च र दैनिक भत्तबापतको रकम कुनै पनि मन्त्रीको भुक्तानी हुन बाकी छैन,’ आचार्यले भने । प्रधानमन्त्री र मन्त्रीहरू जिल्ला भ्रमणमा जादा बिलअनुसारको भुक्तानी गर्ने गरिएको उनले बताए ।

प्रतिक्रिया