‘प्रधानमन्त्रीलाई अयोग्य लडाकुको अबरोध’

काठमाडौं, ७ वैशाख । प्रधानमन्त्री एवं एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईलाई अयोग्य लडाकुले बाटो छेक्ने प्रयास गरेका छन् ।

एमाओवादी पार्टी मुख्यलय कोटेश्वर पेरिशडाँडामा अपरान्ह पुगेका प्रधानमन्त्री भट्टराईलाई मुल गेटमा धर्ना बसेर अयोग्य लडाकुले अबरोध श्रृजना गर्ने प्रयास गरेको महानगरीय प्रहरी बृत्त तीनकुनेका नायब उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए ।

उनले भने, ‘अनमिनको प्रमाणिकरणमा अयोग्य ठहरिएका लडाकुहरुले प्रधानमन्त्री ज्यूको बाटो रोक्ने सामान्य प्रयास गरेका थिए, हामीले अबरोध हटायौं ।’

मुल गेटमा अबरोध गर्ने प्रयास गरेका अयोग्य लडाकुलाई सामान्य बल प्रयोग गरेर प्रहरीले हटाएपछि प्रधानमन्त्री भट्टराई पार्टी मुख्यालयबाट बाहिरिएका थिए ।

प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले केही समय एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री भट्टराई बिरुद्ध नारावाजी गरेका थिए ।

लडाकु सरह सुविधा दिनुपर्ने, रोजगारी लगायतका माग राखेर आन्दोलनमा उत्रिएका अयोग्य लडाकु केही दिन यता एमाओवादी मुख्यालयतमा धर्ना दिदै आएका छन् ।

प्रतिक्रिया