बायर्नद्वारा रियल पराजित

म्युनिख, ६ वैशाख । मारिओ गोमेजले ९०औं मिनेटमा गोल गरेपछि जर्मन क्लब बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिता सेमिफाइनलको पहिलो लेगमा  रियल म्याडि्रडविरुद्ध २-१ को जित हात पारेको छ । बुधबार राति भएको म्याचमा कप्तान फिलिप लाह्मले गोललाइनको नजिकै डिबक्सबाहिरबाट निकालिदिएको ‘स्लो क्रस’ मा गोमेजले दायाँ खुट्टा बढाउँदै गोलपोस्टको नजिकैबाट फस्ट बारमा गोल गरेका थिए । रियलका गोलरक्षक इकेर कासिलास र डिफेन्डरले सहज स्थितिमा पनि फिलिपको सो क्रसलाई क्लियर गर्न सकेनन् । पराजय व्यहोरे पनि आगामी साता घरेलु मैदानमा हुने दोस्रो लेगमा भने स्पेनिस क्लब रियललाई ‘अवे’ गोलको ‘एडभान्टेज’ हुन सक्नेछ ।
दुइ वर्षअघिको उपविजेता बायर्नले आफ्नो मैदानमा प|mयान्क रिबेरीको गोलमार्फत १७औं मिनेटमा सुरुआती अग्रता लिएको थियो । टोनी क्रुजको कर्नर प्रहारमा प|न्सेली राष्ट्रिय टोलीका स्ट्राइकर रिवेरीले ‘वन टच’ मार्फत फस्ट बारमा आकर्षक गोल गरेका थिए । रिबेरीको प्रहार रियलका दुई डिफेन्डरको बीचबाट गएको थियो । पहिलो हाफमा बायर्नले सो अग्रतालाई कायम राखे पनि  खेलमा फर्किने नौपटकको विजेता रियलको प्रयास ५३आंै मिनेटमा मात्र सफल भयो । करिम बेन्जिमाले सेकेन्ड बारमा निकालिदिएको पासमा बारबाहिर गोललाइनको नजिकैदेखि क्रिस्टियानो रोनाल्डोले बल ‘ब्याक क्रस’ गरेपछि त्यसलाई  जर्मन स्टार मेसुट ओजिलले दुई यार्डबाट गोल गरी रियललाई बराबरीमा ल्याइपुर्‍याए । गोल हुनुअघि क्रिस्टियानो रोनाल्डोले वनभर्सेस वनमा गरेको प्रहार विपक्षी गोलकिपर म्यानुएल नेउरले पन्च गरे पनि रोनाल्डोको खुट्टामा बल पुग्नुअघि त्यसलाई ओजिलले डिबक्सभित्रबाट करिम बेन्जिमालाई ‘ब्याक पास’ दिएका थिए ।
रियलविरुद्ध बायर्नको प्रदर्शन स्तरीय रहयो । उत्कृष्ट तालमेल र छरितो खेल प्रदर्शन गरेको बायर्नले खेलभर पोस्टमा जम्मा चारवटा मात्र आक्रमण गरेको थियो । सुरुआती अग्रता लिनु दुई मिनेटअघि मात्र डिबक्सभित्र रिवेरीलाई लडाइएपछि ‘फल’ अपिल भए पनि त्यसलाई  रेप|mीले अस्वीकार गरे । दोस्रो हाफमा मारिओ गोमेजले वनभर्सेस वनमा गोल गर्न सकेनन् । त्यस्तै डिबक्सभित्र उनी लडे पनि फल  अपिलमा रेप|mीले पुनः एकपटक असहमति जनाए । यता खेलमा तुलनात्मक रूपमा बढी आक्रमण गरेको रियलको फिनिसिङसँगै तालमेल पनि कमजोर देखिएको थियो ।
बायर्नले घरेलु मैदानमा रियल म्याडि्रडविरुद्ध अहिलेसम्म हार व्यहोरेको छैन । आफ्नो मैदानमा रियलसँग १० पटक भिडेको बायर्न नौपटक विजयी भएको छ भने एकपटक बराबरीमा रोेकिएको छ । आगामी २५ अपि्रलमा आफ्नै मैदानमा दोस्रो लेग भिड्नुअघि रियलले भने जारी च्याम्पियन्स लिग संस्करणमा पहिलो हार व्यहोरेको हो ।
यस जितसँगै बायर्न घरेलु मैदानमै युरोपियन च्याम्पियन्स लिगको फाइनल खेल्ने पहिलो टोली बन्ने बाटोमा बलियो देखिएको छ । यसअघि फाइनल पुगेका कुनै पनि टोलीले आफ्नै मैदानमा उपाधि भिडन्त गरेका छैनन् ।
दुवै टिमका खेलाडीले यस खेलमा ‘फेयर प्ले’ को मर्मलाई बिर्सिएको देखियो । यसैकारण रेपीले नौवटा पहंलो कार्ड देखाउनुपरेको थियो । विश्वका दुई उच्चस्तरका क्लबबीचको भिडन्तमा रियलका ६ र बायर्नका तीन खेलाडीले पहंलो कार्ड पाएका हुन् । बराबरी गोल गरेपछि कार्ड पाउन सुरु गरेको  रियलका फाबिओ कोएन्ट्राओ, जावी अलोन्सो, एन्जेल डी मारिआ, सर्जिओ रामोश, मार्सेलो र गोन्जोलो हिग्विइनलाई कार्ड देखाइएको थियो । यस खेलमा मार्सेलो र हिग्विइन वैकल्पिक खेलाडी थिए ।
मार्सेलोले अन्तिम समयमा जर्मनीका वैकल्पिक खेलाडी थोमस मुलरको घुँडामा बुटले बजारेका थिए यद्यपि उनलाई चेतावनी दिंदै पहंेलो कार्ड मात्र देखाइएको थियो । दोस्रोपटक खेलमा पछि परेलगत्तै आक्रामक बनेको रियलका मार्सेलोसँगै गोन्जालो हिग्विइनले ९०आंै मिनेटमै कार्ड पाएका हुन् ।  पहेंलो कार्ड पाउने बायर्नका खेलाडीमा आर्यन रोबेन, होल्गर ब्याड्सटुबर र फिलिप लाह्म रहे ।

रोनाल्डोका जुत्ता चोरिए

म्युनिख :बुधबार बायर्न म्युनिखसँग भिड्नु केही समयअघि मात्र रियल म्याडि्रडका तीन स्टार खेलाडीका जुत्ता र जर्सी डे्रेसिङ रुमबाटै हराएका छन् । स्पेनिस खेलकुद समाचारपत्र  मार्साको वेबसाइटले जनाएअनुसार चोरी भएका जुत्तामध्ये क्रिस्टियानो रोनाल्डोका तीन जोर र बाँकी मेसुट ओजिल र करिम बेन्जिमाका हुन् । जुत्ताबाहेक केही जर्सी पनि चोरी भएको रियलका अधिकारीको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।
खेल सुरु हुनुअघि बायर्न म्युनिखको एलिआन्ज एरिनामा रियलले ‘वार्म अप’ गरिरहँदा डे्रेसिङ रुममा सो घटना भएको जनाइएको छ । रियल म्याडि्रडले यस विषयमा युरोपियन फुटबलको सर्वोच्च संस्था युइएफएसमक्ष उजुरी दिइसकेको छ ।

प्रतिक्रिया