इनामको लोभले आत्मसमर्पण

काबुल, ६ वैशाख । एक तालिबान कमान्डरले आपूmमाथि तोकिएको इनाम पाउन प्रहरीसमक्ष आत्मसमर्पण गरेर सबैलाई चकित बनाएका छन् । अफगानिस्तानको सारहोजा इलाकामा रहेको प्रहरी चौकीमा मोहम्मद असान नाम गरेका मध्यदर्जाका तालिबान कमान्डरले आत्मसमर्पण गरेका हुन् । अमेरिकी पत्रिका ‘वासिङटन पोस्ट’का अनुसार उनीमाथि सय डलर इनाम तोकिएको थियो ।
प्रहरी चौकी पुगेर उनले आफू लुकेको ठेगाना दिनेलाई पुरस्कार दिइने उल्लेख गरिएको पोस्टर प्रहरीलाई देखाउदै भनेका थिए, ‘यो पोस्टरमा भएको मानिस मै हु, अब मलाई सय डलर पुरस्कार दिनुहोस् ।’ उनको यस्तो चाला देखेर चकित परेका प्रहरीले उनलाई तुरुन्त पक्राउ गरेका थिए । उनीमाथि सुरक्षा बलमाथि भएका कम्तीमा दुईवटा हमलाको षड्यन्त्र रचेको आरोप लगाइएको छ ।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी पुगेका अमेरिकी सुरक्षाकर्मी असानको जवाफ सुनेर चकित परेका थिए । असानको बयान लिने एक अमेरिकी सैनिकले भने, ‘हामीले उसलाई पोस्टरमा देखाइएको व्यक्ति तिमी नै हौ भनी सोध्यौ, उसले म नै मोहम्मद असान हु, के अब मैले पुरस्कार पाउछु भन्यो ।’ फोरेन्सिक जाचबँट उनी असान भएको पुष्टि भइसकेको छ । (एजेन्सी)

प्रतिक्रिया