संक्रमित महिलाको पीडॉ

मेरा श्रीमान् विवाह गरेर कामको खोजीमा भारतको बम्बै जानुभयो । एक वर्षपछि घर फर्केर आएपछि हाम्रो शारीरिक सम्पर्क भयो । उहा भारत जाने–आउने गर्दैगर्दा मेरो एउटा छोरा पनि जन्मियो । एक वर्षपछि श्रीमान् भारतबाट बिरामी परेर घर आउनुभयो । उपचारका क्रममा उहा एचआइभी संक्रमित भएको थाहा भयो तर त्यो जानकारी मलाई दिइएन । म लेखपढ  गर्न सक्दिन । सासूले मलाई तेरो कारणले मेरो छोरो बिरामी भयो भन्दै यातना दिन थालिन् । खाना नदिने, खुर्सानी पोलेर मेरो मुखमा कोच्दै यातना दिन सुरु गरियो ।’
एचआइभी एड्स संक्रमित भएकै कारण दुव्र्यवहार खेप्दै आएकी राकम कर्णाली–१, दैलेखकी मनसरा सिंजापति (२८) ले आङ्खनो दुःखेसो यसरी पोखिन् । कहिले श्रीमान्को कुटाइ त कहिले सासूको यातना सहदै आएकी मनसरालाई घरबाट निकाल्ने योजना बनाइयो । पछि मेरो छोरासमेत खोसेर लगियो । घरमा बस्नै नसकिने अवस्था आएपछि उनी माइती आएर बसेकी रहिछन् । छोरो आफूस“ग ल्याउन धेरै प्रयास गर्दा पनि सफल नभएको बताउदै उनले भनिन्– ‘पछि मेरो तीन वर्षको छोरालाई पनि यातना दिएर मारियो ।’ श्रीमान्का कारण एचआइभी एड्सको संक्रमण घर परिवारभरि फैलिन पुगेछ । श्रीमान्को यो कमाइले सारा परिवार र जीवनकै बिचल्ली बनाइदियो ।
श्रीमान् संक्रमित भएको थाहा पाइसकेपछि उनले माइतीतर्फका साथीको सहयोगमा आङ्खनो रगत परीक्षण पनि गरेकी रहिछन् । एचआइभी एड्सको संक्रमणले उनलाई पनि छाडेनछ । आफू पनि संक्रमित भएको थाहा पाएपछि माइतीमा पनि उनलाई अलग कटेरोमा बस्न लगाइयो । अहिले पनि त्यही कटेरोको बास छ मनसराको । उता विवाह दर्ता नभएका कारण श्रीमान्को सम्पत्तिमा पनि हक दाबी गर्न अप्ठ्यारो परेको उनले सुनाइन् । ‘मजस्तै मृत्युसग संघर्ष गर्दै बाचिरहेका दिदीबहिनी यो क्षेत्रमा धेरै छन्,’ मनसराले भनिन् । एकातिर एचआइभी एड्सको संक्रमणले जीवन नै बर्बाद भएको चिन्ता छ भने अर्कातिर आङ्खनै घरपरिवारबाट निकालिनु परेको छ ।
मनसराजस्तै धेरै एकल महिलाको अवस्था उस्तै छ । दुर्गम पहाडी जिल्ला दैलेखमा काम तथा रोजगारीका अवसर छैनन् । मौसमी कामको खोजीमा यहाका अधिकांश पुरुष कामको खोजीमा  छिमेकी मुलुक भारतको बम्बै जाने गर्छन् । पर्याप्त उत्पादनशील जमिनको अभावमा आङ्खनो जमिनबाट उत्पादित खाद्यान्नले तीन महिनाभन्दा बढी खान पुग्दैन । अधिकांश महिला निरक्षर छन् । दैलेखको राकम कर्णाली, सिगौरी र तिलेपाटा गाविसमा एचआइभी एड्स संक्रमितको संख्या अत्यधिक छ । अहिले त्यस क्षेत्रमा विभिन्न संघसंस्थाले एचआइभी संक्रमित मानिसलाई लक्षित गरी विभिन्न काम गरिरहेका छन् । त्यस्तै एचआइभी संक्रमित एकल महिलाहरू मिलेर नवप्रभात समूह निर्माण गरेका छन् ।
राकम कर्णालीका बासिन्दाका लागि जिल्लाको सदरमुकाम दैलेख जानुभन्दा यातायातका साधनको नियमितताका हिसाबले सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगर आउन सहज हुने स्थानीय बासिन्दाको भनाइ छ । धेरैजसो मानिस उपचारका लागि सुर्खेत र नेपालगन्ज आउने गर्छन् । एउटा स्वास्थ्य केन्द्र राकम गाविसमा भए पनि आवश्यक स्वास्थ्यकर्मी, औषधि र स्वास्थ्य उपकरणको अभाव रहेको छ । स्वास्थ्य केन्द्रमा ल्याब भए पनि रगत परीक्षणका लागि राकम कर्णाली क्षेत्रमा भिसिटी केन्द्र छैन । रगत जचाउन चाहनेका लागि दैलेख, सुर्खेत वा नेपालगन्ज पुग्नुपर्ने बाध्यता छ । राकम कर्णाली गाविसमा मात्रै २२ जना एचआइभी संक्रमित रहेका छन् । त्यसमा पनि बहुसंख्यक एकल महिला संक्रमित छन् । उता, दैलेखमा एक सय ८४ जना एचआइभी एड्स संक्रमित रहेको जनस्वास्थ्य कार्यालयको तथ्यांक छ ।
अहिले आएर पीडित एकल महिलाहरू विभिन्न सूमहमार्फत संगठित भइरहेका छन् । उनीहरूले राकम कर्णालीमै एचआइभी संक्रमण छ कि छैन भनी परीक्षण गर्नका लागि भिसिटी केन्द्र स्थापना, संक्रमित सुकुम्बासीलाई घरबासका लागि जमिन उपलब्ध गराउनुपर्ने, संक्रमित परिवारका बालबालिकाका लागि निःशुल्क शिक्षा र स्वास्थ्य सेवा सहज उपलब्ध गराइनुपर्नेलगायत माग गरेका छन् । उनीहरूले जीविकोपार्जनमूलक कार्यक्रम लागू गरिनुपर्ने, आवतजावत खर्च बढी लाग्ने हुदा संक्रमितहरूका लागि आवश्यक पर्ने औषधि सम्बन्धित गाविसमा नै उपलब्ध गराइनुपर्ने र परिचयपत्र बनाएर यातायात क्षेत्रमा पासको व्यवस्था गर्न सरकारसग माग गरेका छन् ।

प्रतिक्रिया