शान्तिको चुरो कुरो, संविधान तर्जुमा

शान्तिको जग र सम्बन्ध बन्दुक, गोला, बारुद अर्थात् सैन्य शक्तिसग मात्र हुदैन । यो त केवल सत्ता रक्षार्थ प्रयोग हुने एउटा सानो निकाय मात्र हो । कम्युनिस्टविरोधी शक्तिहरू सामरिक विषयवस्तुतर्फ औल्याएर शान्ति, शान्ति भनी माला जप्ने गरेको देखिन्छ । ती यथास्थितिवादी र प्रतिगमनकारी पार्टी र त्वले मात्र यो माला जपाइ गर्ने गरेको देखिन्छ तर केही दिनअगाडि नेपालको हकमा यो बुदा पनि समाप्त भइसकेको छ, अर्थात् सेना समायोजनको बखेडा समापन भइसकेको छ । ती त्वले संविधान लेखन कार्यका लागि अब के–कस्ता तगारा तेस्र्याउने हुन्, त्यो हेर्न बाकी छ ।
शान्तिबारे यहा उल्लेख गर्न जरुरी छ । नेपालमा शान्ति कायम गर्न युवा वर्गलाई फुर्सदमा राख्न हुदैन अर्थात् काममामको व्यवस्थापन हुन आवश्यक छ । शिक्षा, रोजगार, स्वास्थ्य, कृषि उत्पादन, औद्योगीकीकरण र नेपालमा रहेका प्राकृतिक सम्पदालाई जीवन र समाज उपयोगी बनाउने काममा उनीहरूलाई लगाउन सक्नुपर्छ । यसैमा शान्ति रहेको हुन्छ । दोस्रो पक्ष हो, शान्ति राज्यद्वारा ‘हामीले तपाईं नागरिकहरूलाई यो दिन्छौ, यो कुराको व्यवस्थापन मिलाई दिन्छौ’ भन्दै राजनीतिक दलका नेताहरू जनतासमक्ष लिखित र मौखिक रूपमा प्रस्तुत हुनेगरेका छन् । त्यसलाई पूरा गर्नु आजका लागि शान्तिको मूल सर्त पनि हो । यी सर्तलाई जबसम्म व्यवहारमा लागू गरिदैन, तबसम्म नेपालमा शान्ति कायम हुन सक्दैन । बन्दुक र सामरिक त्वबाट शान्तिमाथि बिखलबन्दमा पार्न सकिदैन । यस्ता बतासे गफमा जुन पार्टीका नेता लागेका छन् ती मित्रहरूले शान्तिबारे विशेष चासो राखी बुझ्न जरुरी छ, विचारको आधारमा यो जगत् चलायमान छ । अभावग्रस्त राष्ट्रको सिंगो जीवन र समृद्ध राष्ट्रको जीवनमा आकाश–जमीनको फरक रहन्छ । यस्ता कुरा स्कुले बच्चालाई समेत थाहा भइसकेको विषय हो । यसबारेमा यहा बढी उल्लेख गर्न आवश्यक छैन ।
नेतृत्व पंक्तिले नेपाली जनतालाई वचन दिइसकेका छन् कि तपाईंहरूलाई वर्गीय समस्या पूर्णरूपमा समाधान नभए पनि जातीय, लैंगिक, क्षेत्रीय समस्या, भाषिक, सांस्कृतिक र धार्मिक समस्यालाई सही ढंगले सम्बोधन गरी लोकतान्त्रिक गणतन्त्रात्मक संविधान दिनेछौ भनेर । यी सर्त केही वर्षका लागि शान्ति कायम गर्ने प्रमुख र अकाट्य बुदा हुन् । यसमा बुझ पचाएर ह्याकुलो दल्ने काम भएको खण्डमा कथित शान्तिका बन्दुके बुदा निकम्मा हुने कुरा सबैले बुझ्न जरुरी छ । जरुरी यो अर्थमा कि उल्लेखित बुदाका विरुद्ध गएमा शाहवंशीय सत्ताले तयार गरेको सामारिक तत्व र एनेकपा (माओवादी)ले तर्जुमा गरेको सामारिक महत्वका चिजबीज अब एकसाथ जनदुश्मनको मैदानमा गर्जिने कुरा निर्विवाद छ । राष्ट्रहितका निम्ति यो समायोजित सेना पछि हट्ने छैन ।
अब संविधान लेखन कार्य द्रुत गतिमा र सकारात्मक ढंगले अघि बढाउन आवश्यक छ । समय निरपेक्षताको बहकाइमा लागेर खरानी हुने प्रयत्न कही“ कसैबाट पनि नहोस् । समय र युगले माग गरेको विषय र आवश्यकतालाई ठोस रूपमा सम्बोधन गरिनुपर्छ किनभने समय बलवान् छ । यो युग जनताको पक्षमा खडा भएको युग हो ।  मुलुकमा संविधान तर्जुमा गर्नका लागि बाधक तत्व जनसेना र उसले राखेको हातहतियार थिएन, किनभने चार वर्षअगाडि नै बाह्रबुदे सम्झौताअन्तर्गत माओवादी सेना नेपाली सेनामा समायोजन हुने स्पष्ट भइसकेको थियो । वास्तवमा जनसेनाले कुनै बाधा पु¥याएको थिएन तर सामन्ती अहं र जातीय अहंकार नै संविधान बन्न, बनाउनमा ढिलाइका मुख्य कारण हुन् ।
उच्च जातीय अहंकार बोकेकाहरूले जातीय समस्यालाई वर्ग र उच्च जातीय समूहको हितखातिर घुमाइ–फिराइ बुदागत बहस चलाइरहेका छन् । उच्च जातीय हित खातिर चलाइएको राज्यसत्ताले नेपाली समाजमा के–कस्ता हानिनोक्सानी पु¥यायो भन्ने कुरा ती तत्वहरू पटक्कै हेक्कामा राख्दैनन् । भाषा, संस्कृति र धर्मकर्ममा के–कस्ता भा“डभैलो मच्चियो चिरफार गरेर ती तत्व हेर्ने प्रयत्न नै गर्दैनन् । छुवाछुतजस्ता घोर असामाजिक, निन्दनीय काम भइरहेको कुरा बिर्सिदिन्छन् । लैंगिक विभेदीय हिंसा उच्च जातीय अहंकारबाटै उपहारका रूपमा आम नेपाली महिलाले भोगिरहेका छन् । उनीहरू यस विषयमाथि पनि संवेदनशील छैनन् । यी सबै उच्च जातीय अहंकारको अमानवीय पराकाष्टा हो ।
स्थानीय जातीय अहंकारले पनि नेपाली समाजलाई विषाक्त गर्दै लगेको देखिन्छ । आदिमकालदेखि बसोबास हाम्रो हो । अब सत्तामा हाम्रो पालो हुनुपर्छ भन्दै उफ्रने यी तत्व पनि युगानुकूल समझदारी र समानताको धरातलमा खडा छैनन् । बदला लिने सोच मात्र बोकेर हि“डिरहेका छन् । ‘सेरोफेरो अब मेरो’ भन्ने चिन्तनले ग्रस्त छन् । राज्य सत्तामा जातीय आधारमा आलोपालोको कुरा हुदै होइन, आम रूपमा जातजातिको हितमा के हुनुपर्छ भन्ने प्रश्नचाहि मुख्य हो । व्यक्ति र जाति समुदायको मात्र हितका कुरा गर्नु वर्तमान अवस्थामा संविधान लेखन कार्यमा बाधा पुर्‍याउने कुरा हुन् । यी माथि भनिएका अहंकारीलाई परिवर्तनकामी अगुवाहरूले अब ठीक ढंगले सम्बोधन गर्न नसकेको खण्डमा जातीय भड्कावमा राष्ट्रलाई फसाउन बेर छैन । जोसका साथ होस पुर्‍याउन आवश्यक छ । तब मात्र उचित ढंगको संविधान तर्जुमा गर्न सकिने छ ।
अर्का महत्वपूर्ण पक्ष पनि राजनीतिक फाटमा जबरजस्त रूपमा खडा भएको छ । व्यक्ति समूहको कुनै पनि विचारको आधारमा काम सम्पन्न गर्नुपर्छ भन्ने सोचाइबारे निक्र्याल गर्न जरुरी हुन्छ । त्यस्ता विचार कति समयसापेक्ष र जन तहमा बोधगम्य छन् भन्ने कुरा पनि विचारणीय हुन आउछ । अर्का शब्दमा भन्नुपर्दा आत्माको समीक्षा गर्नुपर्छ । महान् दार्शनिक कार्लमाक्र्सको भनाइले यी माथिका भनाइलाई पुष्टि गर्न थप बल पुग्छ । तसर्थ माक्र्सको भनाइलाई जस्ताको तस्तै राख्न उचित देखिन्छ मानिसले आफूलाई सिङ्गो इतिहास बनाउछ, तर आफैले चुनाउ गरेको परिस्थितिबाट उसले यसो गर्न सक्दैन ।  हामी सबैले बुझौ, भनिएको आधारमा संविधान उचित रूपमा तयार गरी जनसमक्ष प्रकाशित गरौ, यसैमा सबैको भलो हुनेछ ।
(लेखक एनेकपा (माओवादी)का सल्लाहकार हुन् ।)

प्रतिक्रिया