सेनाद्धारा समायोजन हुने लडाकुको दरबन्दी माग

काठमाडौं, ५ वैशाख । माओवादी लडाकुको रेखदेख समायोजन र पुनःस्थापना सम्बन्धी विशेष समितिको बैठकमा शिविरका लडाकुको स्वयच्छिक अवकास र समायोजनमा जाने लडाकुको अवस्थालगायतमा छलफल भएको छ ।

समितिको आज राजधानीमा बसेको बैठकमा समग्र समायोजन प्रक्रियाका बारेमा छलफल गरेको समिति सदस्य बर्षमान पुनले जानकारी दिए । पुनका अनुसार लडाकु समायोजन हुने संख्या र दरबन्दीका बिषयमा समेत छलफल भएको छ ।

यसैवीच, नेपाली सेनाले समायोजन हुने लडाकुको दरबन्दी, दर्जा लगायतका बिषयमा विशेष समितिसंग स्पष्ट खाका माग गरेको छ । समायोजन हुने लडाकुको संख्य घटेपछि अन्यौलमा परेको सेनाले त्यस बिषयमा समितिसंग धारणा माग गरेको हो ।

समायोजन हुने लडाकुको संख्या र सुरक्षा निकायबाट लगेर महानिर्देशनालय बनाउने यस अघिको सहमतिलाई स्वयच्छिक अवकाशमा लडाकु धेरै गएपछि पहिलाको योजनामा हेरफेर गर्नु पर्ने भएको छ ।

प्रतिक्रिया