कोरिया कामदार पठाउदा ठगी गर्ने राना पक्राउ

काठमाडौं, ५ वैशाख । राजश्व ठगी गर्ने लुम्बिनी ओभरसिज कन्सर्न प्रालिका सञ्चालक तथा शेयर होल्डर बलबहादुर रानालाई प्रहरीले पक्राउ गरेको छ ।

महाराजगंजस्थित गणेश बस्तीमा लुकीछिपी बस्दै आएका रानालाई प्रहरीको केन्द्रीय अनुसन्धन व्युरोको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका–३, भैरहवाका ६५ बर्षीय रानाले आफ्नो लुम्बिनी ओभरसिज मार्फत कोरियामा नेपाली प्रशिक्षार्थी कामदार पठाउदा बढी कामदार पठाई थोरै कामदार पठाएको देखाएर राजश्व ठगी गरेका थिए ।

राजस्व चुहावट मुद्धामा काठमाडौं जिल्ला अदालतको २०६८ जेठ २३ गतेको पैmसलाअनुसार रानालाई ८ लाख ५२ हजार ९ सय ९५ रुपैयाँ ५० पैसा जरिवाना र १५ दिन कैदको फैसला छ ।

सोही मुद्धामा संलग्न रहेको आरोपमा प्रहरीले बानेश्वरका भीमबहादुर थापा र रुपन्देही जिल्ला कटहिया–१, शंकरपुर बस्ने कर्णबहादुर पुनलाई यसअघि नै पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया