लन्डनमा चंगेज खाँ

लन्डनः मंगोल र बेलायती साम्राज्य विश्व इतिहासका सबैभन्दा विशाल साम्राज्य हुन् । दुवै साम्राज्यको पतन भइसकेको छ । तर, बेलायती साम्राज्यको पूर्वकेन्द्र राजधानी लन्डनमा चंगेज खाँको मूर्ति स्थापना गरिएपछि यी दुई साम्राज्यलाई मानिसले पुनः सम्झिएका छन् ।
मध्यलन्डनको मार्बल आर्चमा मंगोल सम्राट खाँको काँसबाट निर्मित मूर्ति हालै अनावरण गरिएको छ । १६ फिट अग्लो मूर्तिमा मंगोल कवच लगाएर घोडामा सवार खाँको आकृति कुँदिएको छ । मूर्तिकार दासी नामदकोबले खाँको आठ सय ५०औँ जन्मजयन्तीका अवसरमा उनको सम्मानमा मूर्ति बनाएका हुन् । खाँलाई योद्धाका रूपमा नभई विचारकका रूपमा आफूले प्रस्तुत गरेको उनले बताए । बेलायतमा सम्राट खाँलाई धेरैले ‘महान् व्यक्ति’ मान्ने गरेको उनको कथन छ । -एजेन्सी

प्रतिक्रिया