राजस्थानको जितमा रहानेको शतक

जयपुर, ४ वैशाख । अयान्के रहानेको उत्कृष्ट ब्याटिङको सहयोगमा इन्डियन पि्रमियर लिगको आइतबार राति भएको खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बंगलोरलाई ५९ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले दुई विकेटको क्षतिमा १ सय ९५ रनको योगफल खडा गर्‍यो । जवाफमा १ सय ९६ रनको लक्ष्य पाएको बंगलोर चार बल बाँकी रहँदा अलआउट हुँदै १ सय ३६ रनमा सीमित भयो । राजस्थानका लागि रहानेले ६० बलको सामना गर्दै नटआउट १ सय ३ रन प्रहार गरे । उनले ओएसिस शाहसँग मिलेर दोस्रो विकेटका लागि १ सय २१ रनको साझेदारी गरे । साहले २६ बलमा ६० रन जोडे । विष्फोटक ब्याटिङ गर्ने क्रममा साहले पाँच चौका र पाँच छक्का प्रहार गरे । यसैगरी रहानेले पाँच चौका र पाँच छक्का प्रहार गरे । राहुल द्रविडले २५ रन बटुले ।
बंगलोरका क्रिस गेलले एक ओभर मात्र बलिङ गरे पनि उनले २१ रन खर्चिए । तीन ओभर बलिङ गरेका श्रीनाथ अरबिन्दले ४८ तथा चार ओभर बलिङ गरेका विनय कुमारले ५१ रन खर्चे । जाहिर खानले भने प्रभावकारी बलिङ गर्दै चार ओभरमा १५ रन खचिर्ंदै एक विकेट लिए ।
बंगलोरका मयन्क अग्रवालले सर्वाधिक ३४ रन जोडे । यसैगरी विराट कोहलीले २२ रन जोडे । राजस्थानका सिद्धान्त त्रिवेदीले चार ओभरमा २५ रन खचिर्ंदै चार विकेट लिए । पंकज साहले चार ओभरमा १८ रन मात्र खर्चेर दुई विकेट लिए । अंकित सिंहले ३.५ ओभरमा ४३ रन खर्चे पनि दुई विकेट लिए । त्रिवेदीले मध्यक्रमका चार ब्याट्सम्यान कोहलीका साथै एब डी भिलियर्स, सौरभ तिवारी र डेनियल भिटोरीलाई आउट गरे । रहाने निर्विवाद रूपमा खेलका म्यान अफ द म्याच घोषित भए ।

प्रतिक्रिया