शक्तिखोरमा चेक वितरण काय सम्पन्न

चितवन, ४ वैशाख । माओवादी लडाकुको तेस्रो डिभिजन शक्तिखोरमा दोस्रो चरणको पुनःवर्गिकरण अन्तर्गत स्वेच्छिक अवकाश रोज्ने लडाकुलाई चेक वितरण गर्ने प्रकृया सम्पन्न भएको छ ।

आज मध्यान्ह १२ बजे सम्म लडाकुलाई चेक बाडेर सकिएको हो । शिविरबाट कुल एक हजार पाच सय ८७ जना लडाकुले स्वेच्छिक अवकाश रोजेका छन् ।

शिविरका कामाण्डर धनबहादुर मास्कीका अनुसार चेक बुझ्ने सबै लडाकुलाई बिदाई गरिसकिएको छ ।
शक्तिखोर शिविरमा यसअघि दुई हजार दुई सय १४ जना लडाकुले समायोजन रोजेका थिए । (फाईल तस्बिर)

प्रतिक्रिया