आइन्सटाइनजत्तिकै इन्टेलिजन्ट !

लन्डनः बेलायतकी एक चार वषर्ीया बालिका वैज्ञानिक अल्बर्ट आइन्सटाइनजत्तिकै ‘इन्टेलिजन्ट’ छिन् भन्ने सुन्दा आश्चर्य लाग्न सक्छ । तर हेडी हकिन्स नाम गरेकी ती बालिकाको बौद्धिकस्तर मापन गरेपछि उनी आइन्सटाइनजत्तिकै मेधावी रहेको पत्ता लागेको हो ।
हेडीको बौद्धिकस्तर -आइक्यु) एक सय ५९ प्वाइन्ट रहेको पत्ता लागेपछि यसले धेरैलाई चकित बनाएको छ । यो आइन्स्टाइन र वैज्ञानिक स्ििटफिन हकिङको भन्दा एक प्वाइन्ट मात्रै कम हो । उच्च आइक्युका साथ उनी आइक्यु क्लब मेन्सामा प्रवेश पाउने सबैभन्दा कान्छी सदस्य बन्न पुगेकी छिन् ।
सानै उमेरमा हेडीमा विलक्षण प्रतिभा देखिएको छ । दुई वर्षको छँदै उनी ४० अङ्कसम्म गन्न सक्ने भएकी थिइन् । दुई वर्षमै उनले मानिसको चित्र बनाउने, कविता वाचन गर्ने, सात वर्षका बालबालिकाका लागि लेखिएका किताब पढ्ने आदि काम गरेकी थिइन् । मेन्साका अनुसार सामान्य व्यक्तिको आइक्यु सय हुन्छ । एक सय ३० आइक्यु भएको मानिसलाई बौद्धिक मानिन्छ ।
हेडीका बाबु मेथ्हिउले भने, ‘जन्मनेबित्तिकै उसले हल्ला गर्ने र बोल्न खोज्ने प्रयत्न गरेकी थिई । एक वर्षकै उमेरमा उसको शब्द उच्चारण राम्रो भएको थियो । बोली फुट्नासाथ ऊ पूरै वाक्य शुद्धसँग उच्चारण गर्ने भएकी थिई ।’ १८ महिनाबाटै हेडीले कम्प्युटरमा अध्ययन गर्न थालेको म्याथ्यूजले जानकारी दिए । -एजेन्सी

प्रतिक्रिया