मसान्तसम्म हतियार सरकारलाई बुझाउने

काठमाडौं, १७ चैत । माओवादी लडाकुको रेखदेख समायोजन र पुनस्थापना सम्बन्धी बिशेष समितिले शिविरमा रहेका कन्टेनरका हतियार सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

समितिको आज राजधानीमा बसेको बैठकले चैत मसान्त सम्म प्रक्रिया पुराएर सबै कन्टेनरमा रहेका हतियार सरकारलाई बुझाउने निर्णय भएको कांग्रेस नेता तथा समिति सदस्य रामशरण महतले जानकारी दिए ।

सदस्य महतका अनुसार चैत मसान्तसम्ममा शिविरमा रहेका लडाकुलाई स्वयच्छिक अवकाश वा समायोजनमा जान चाहने लडाकुलाई अवसर रोज्न दिने निर्णय भएको छ ।

चैत मसान्तसम्म हतियार सरकारलाई बुझाउने काम र लडाकुलाई स्वयच्छिक अबकाश वा समायोजमा जान चाहने लडाकुको टुङगो लागेपछि लडाकुलाई नेपाली सेनाको जिम्मेवारी लगाईने एमाले नेता भीम रावलले जनाएका छन् ।

समितिको अर्को बैठक पर्सी  आइतवार बिहान बस्ने छ । पर्सी बस्ने बैठकमा सेना समायोजनका बारेमा सचिवालयले तयार पारेको विधि प्रकृया, मापदण्ड लगायतको प्रस्तावमा छलफल हुने छ ।

प्रतिक्रिया