दिल्ली जान चन्दा माग्ने पक्राउ

जनकपुर, १६ चैत । भारतको दिल्ली जान २० हजार रुपिया चन्दा माग्ने तराई जनतान्त्रिक मुक्ति मोर्चा ज्वाला समूहका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
समूहको महोत्तरी कार्यकर्ता बताउदै आगत्गागी भनिने दीपककुमार यादवले जनकपुरको भ्रमरपुरा चोकस्थित बजाज सोरुमा २० हजार रुपिया चन्दा माग्दै गरेको अवस्थामा पक्राउ गरिएको इन्स्पेक्टर पुरुषोत्तम क“डेलले बताए । यादवले दिल्ली जान २० हजार रुपिया“ चन्दा संकलन गरेको स्विकारेका छन् ।
पाचदिनमा नौ हतियारधारी समातिए जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न आपराधिक घटनामा संलग्नलाई बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । ११ चैतमा कटुवा पेस्तोल र एक राउन्ड गोलीसहित पक्राउ परेका धनुषा गोविन्दपुरका जैसी मुखिया र दीपेन्द्र राय अमातलाई सार्वजनिक गरिएको हो । उनीहरू जनकपुर–१ मुसहरि टोलमा ज३प ८७४८ नम्बरको मोटरसाइकलमा हतियार बोकेर यात्रा गरिरहेको अवस्थामा पक्राउ परेका थिए ।
प्रहरीले भारत सीतामढी सिरसिया बजारका ६ जनालाई पनि सार्वजनिक गरेको छ । ६ थान कटुवा तथा ६ राउन्ड गोलीसहित १२ चैतमा पक्राउ परेका राजेशकुमार चौरसिया, अशोककुमार चौधरी, रमेश चौरसिया, सुशीलकुमार मण्डल, रामसुन्दर यादव, रञ्जितकुमार मण्डललाई सार्वजनिक गरिएको हो । यस्तै, हतियारसहित तारापट्टि सिरसिया–१ का आजाद यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।

प्रतिक्रिया