आइन्सटाइनको मस्तिष्क प्रदर्शनमा

लन्डनः मानव इतिहासकै सबैभन्दा बुद्धिमान् मानिएका वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको दिमाग बेलायतमा प्रदर्शन गरिने भएको छ । सन् १९५५ मा ७६ वर्षको उमेरमा दिवंगत  आइन्स्टाइनको दिमाग विभिन्न भागमा विभाजन गरी सुरक्षित राखिएको थियो । लन्डनमा हुने प्रदर्शनीमा उनको दिमागका दुई भाग प्रदर्शन गर्न लागिएको जनाइएको छ ।
प्रदर्शनीमा आइन्स्टाइनको दिमागस“गै कम्प्युटर विज्ञानका प्रणेता सर चाल्र्स बाबेज र कुख्यात हत्याराहरूको दिमागसमेत राखिने भएको छ । प्रदर्शनीको नाम ‘ब्रेन ः द माइन्ड एज मेटर्स’ राखिने भएको छ । मृत्युपछि आइन्स्टाइनको शव उनकै इच्छामुताबिक जलाइएको थियो । जलाउनुपूर्व शवको पोस्टमार्टम गर्ने क्रममा आइन्स्टाइनको परिवारको अनुमतिमा चिकित्सकले अनुसन्धानका लागि भन्दै उनको मस्तिष्क सुरक्षित झिकेका थिए । तर, पछि चिकित्सकहरूको यस्तो दाबी विवादमा परेको थियो । (डेलिमेल)

प्रतिक्रिया