द्रविडको सम्मानमा विशेष समारोह

मुम्बई, १५ चैत । भावुकता र संवेदनशीलताले भरिएको मुम्बईको एक साझ । भारतका नया र पुराना हस्तीहरूको लोभलाग्दो जमघट छ । राहुल द्रविडले आसु थाम्न सकेका थिएनन्, भी भी एस लक्ष्मणका आखा भिजेका थिए र अनिल कुम्बले, सौरभ गांगुली अनि महेन्द्र सिंह धोनी द्रविडको प्रशंसाका पुल बा“धिरहेका थिए † उनीहरू सबैजना भारतीय क्रिकेटको स्वर्णिम पुस्ताका ध्वजावाहकहरू अर्थात्, ‘ङ्खल्याग बियरर्स’ हुन् ।
प्रसंग थियो करिब तीन सातापहिले मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका प्रभावशाली खेलाडी राहुल द्रविडको सम्मान कार्यक्रम । बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई)ले यो कार्यक्रम बुधबार मुम्बईको आलिसान एवं मह“गो होटेल ताज ल्यान्ड्स एन्ड होटलमा गरेको थियो । भारतीय क्रिकेटका दुई सर्वाधिक ठूला व्यक्तित्व बिसिसिआई अध्यक्ष एन श्रीनिवासन र सचिन तेन्दुलकर अस्वस्थताका कारणले त्यहा“ उपस्थित हुन सकेका थिएनन्, पूर्वकप्तान कपिल देव पनि आउन सकेका थिएनन्, तर बहुचर्चित पा“चतारे होटेलको ‘प्लस लन’मा आयोजित कार्यक्रममा सुनिल गावस्कर, अजित वाडेकर, बिशनसिंह बेदी, मोहिन्दर अमरनाथ, दिलिप वेङ्गसरकर र यही मार्च ३० मा दक्षिण अफ्रिकाविरुद्ध एक मात्र एकदिवसीय
टी–ट्वान्टी प्रतियोगिता खेल्ने भारतीय क्रिकेट टोलीका सबै सदस्यका साथै बिसिसिआई सदस्यहरूसमेतको अभूतपूर्व उपस्थिति थियो ।
श्रीनिवासनको रेकर्ड गरिएको सन्देश सुनाइएपछि कुम्बले, गांगुली, लक्ष्मण र धोनी मञ्चमा पुगे र द्रविडलाई बधाई ज्ञापन गरे ।
‘द्रविड त्यस्ता मानिस हुन् जो जहिले पनि अवरोधका बीचबाट भएर अघि बढिरहे, कहिल्यै अवरोधको छेउछाउबाट हि“ड्न खोजेनन् र चाहेनन् पनि,’ द्रविडको चारित्रिक विशेषता –जसलाई अरू सबै वक्ताले पनि स्वीकार गरे– औंल्याउ“दै धोनीले भने, ‘उनी जहिले पनि टोलीका लागि सबै थोक गर्न तयार भएर बसिरहेका हुन्थे– त्यो चाहे इनिङको ओपनिङ होस् वा विकेटकिपिङ, स्लिपमा क्षेत्ररक्षण गर्न होस् वा सिल्ली प्याइन्टमा, उनको जवाफ जहिले पनि ‘हुन्छ’ भन्ने नै हुन्थ्यो ।’
धोनीले विशेषगरी द्रविडको विकेटकिपिङ क्षमताको निकै तारिफ गरे र भने, ‘उनले समातेका कतिपय क्याच त नियमित विकेटकिपरले पनि समात्न सक्दैनथे ।’
लक्ष्मणले द्रविडको खेलप्रतिको प्रतिबद्धताको उच्च मूल्याङ्कन गर्दै उपस्थित सबैलाई आ–आङ्खनो ठाउ“मा उभिएर ताली बजाएर पूर्वसहकर्मी मित्रप्रति सम्मान व्यक्त गर्न आग्रह गरेका थिए ।
सबै वक्ताका कुरा ध्यानपूर्वक सुनेका द्रविडले आङ्खना चार साथीलाई विशेष धन्यवाद दिंदै भारतका लागि खेल्ने सपना सोह्र वर्षसम्म पूरा गरेर अवकाश लिइसकेपछि अबको क्रिकेटले नया“ सफलता हासिल गर्ने विश्वास व्यक्त गरे । उनी कार्यक्रममा पत्नी, केटाकेटी, अभिभावक र भाइसहित उपस्थित भएका थिए । आङ्खनो सम्मानमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै द्रविडले भने, ‘मैले आज आफैसित वाचा गरेको थिए“, आङ्खना आ“सु बग्न दिनेछैन, तर त्यो निकै कठिन परीक्षा रहेछ ।’ उनले आ“सु थाम्न सकेका थिएनन् ।
द्रविडले भने, ‘मैले करिब तीन सातापहिले सन्न्यासको घोषणा गरेको थिए“ । मलाई अचेल दिनहु“ जिम जान अलि अप्ठेरो महसुस हुन्छ, तैपनि आगामी दुई महिना आइपिएलले मलाई पूरा व्यस्त राख्नेछ । म अब ‘टिम इन्डिया’का लागि खेल्नेछैन, तर उनीहरूले खेल्ने म्याचहरू चिया र बिस्कुट लिएर टेलिभिजनअगाडि बसेर भने हेरिरहनेछु ।’
पूरा नाम राहुल शरद द्रविड भएको उनले आङ्खनो १६ वर्ष लामो क्रिकेट जीवनमा टेस्टम्याचमा ५२.३१ को औसतले १३ हजार २ सय ८८ रन तथा एकदिवसीयमा ३९.१६ को औसतले १० हजार ८ सय ८९ रन बनाएका थिए । उनले एकदिवसीयमा १ सय ९६ क्याच लिएका छन् भने टेस्टमा अन्य कुनै पनि खेलाडीले भन्दा बढी २ सय १० क्याच लिएको कीर्तिमान उनको नाममा छ । उनले टेस्टमा ३६ वटा र एकदिवसीयमा १२ शतक प्रहार गरेका छन् । उनी टेस्ट क्रिकेटमा सबैभन्दा धेरैपटक बोल्डआउट हुने खेलाडी पनि हुन् । उनी ५५ पटक त्यसरी आउट भएका थिए, उनीभन्दा पहिले त्यो ‘रेकर्ड’ अस्टे«लियाका एलन बोर्डरका नाममा थियो जो ५३ पटक बोल्डआउट भएका थिए । एएफपी

प्रतिक्रिया