सेनाको हेलिकप्टर ठोक्कियो

काठमाडौं, १४ चैत । नेपाली सेनाको हेलिकोप्टरले निजी कम्पनी श्री एयरलाइन्सको हेलिकोप्टरलाई ठक्कर दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिराखेको श्री एयरलाइन्सको एम आइ–१७ हेलिकोप्टरलाई नेपाली सेनाको हेलिकोप्टरले ठक्कर दिएको हो । ठक्करबाट सेनाका दुई जवान घाइते भएको विमानस्थलले जनाएको छ ।

एन्टि एयरक्रयाफ्ट हाइज्याकिङ तालिमको अभ्यास गरिरहेको सेनाको हेलिकोप्टरले अर्को हेलिकोप्टरको पखेटामा ठक्कर दिएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया