नयाँ माग पुरा नगर्ने कांग्रेस/एमाले निर्णय

काठमाडौं, १५ चैत । दुई विपक्षी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले एकीकृत माओवादीले सात बुँदे सहमति विपरित सेना समायोनका लागि दबाव दिएको भन्दै आक्रोश जनाएका छन् ।

सिंहदरबारमा आज भएको कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकले शिविरमा रहेका माओवादी लडाकुको समायोजन सात बुँदे सहमति भन्दा बाहिर गरएर गर्न नसकिने निर्णय गरेका हुन् । माओवादीले लडाकु समायोजनमा नयाँ/नयाँ बिषय प्रवेश गराएर शान्ति प्रक्रिया अगाडी बढाउन नचाहेको कांग्रेस र एमालेको आरोप छ ।

माओवादीले पछिल्लो पटक राजनीतिक निर्णय भन्दै सेना समायोजनमा महानिर्देशनालयमा प्रतिनिधित्व, उच्च पद, स्वतह बढुवालगायतका बिषय प्रवेश गराएपछि दुई विपक्षी दलले आक्रोश जनाएका हुन् ।

बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाले उपाध्यक्ष बामदेब गौतमले सात बुँदे सहमति भन्दा बाहिर गएर सेना समायोजन हुन सक्ने बताए । उनले भन्ने, ‘जती सहयोग गर्नुपर्ने हो माओवादीलाई गरेका छौं, अब सात बुँदे भन्दा बाहिर जान सकिदैन ।’

कांग्रेस र एमालेले सात बुँदेका आधारमा सेना समायोजन गराउन माओवादीलाई दबाव दिनुका साथै शान्ति प्रक्रिया र संविधानमा प्रतिवद्ध भएर लाग्ने निष्कर्ष समेत निकालेका छन् ।

कांग्रेस नेता रामशरण महतले पनि माओवादीले माग गरे जस्तो लडाकुका लागि सात बुँदे भन्दा बाहिर गएर सहमत गर्न नसकिने बताए ।

उनले समायोजन हुन चाहने लडाकुका लागि उमेर, शिक्षा, बैबाहिक अवस्था लगायतका बिषयमा लचक भएको भन्दै माओवादीले पार्टी भित्रको आन्तरिक बिषयलाई ल्याएर राजनीतिक सहमति गर भन्दैमा नमान्ने बताए ।

बैठकमा कांग्रेस सभपाति सुशील कोइराला, एमाले बरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया