उत्तर कोरियाको अडान यथावत्

सोल, १४ चैत । उत्तर कोरियाले अमेरिकी चेतावनीको बेवास्ता गर्दै आगामी महिना भू–उपग्रहवाहक रकेट प्रक्षेपण गरिछाड्ने अड्डी लिएको छ । यसअघि अमेरिकी राष्ट्रपति बाराक ओबामाले भू–उपग्रहका नाममा उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गर्न लागेको आरोप लगाउ“दै कार्यक्रम रद्द गर्न चेतावनी दिएका थिए ।
दक्षिण कोरियामा भएको परमाणु सम्मेलनमा सहभागी हुन पुगेका राष्ट्रपति ओबामाले भू–उपग्रह प्रक्षेपण कार्यक्रम रद्द नगरे उत्तरमाथि लगाइ“दै आएको नाकाबन्दीलाई थप बृहत् पारिने र अन्तर्राष्ट्रिय समुदायमा उसलाई अझ एक्ल्याइने चेतावनी दिएका थिए ।
ओबामाको चेतावनीको वास्तै नगरी उत्तर कोरियाले मंगलबार भनेको छ, ‘शान्तिपूर्ण प्रयोजनका लागि भू–उपग्रह प्रक्षेपण गर्न लागेको अवस्थाबाट हामी पछि हट्दैनौ“ । यो सार्वभौम राष्ट्रको वैधानिक अधिकार हो, जुन हाम्रो राष्ट्रको आर्थिक विकासका लागि अपरिहार्य पनि छ ।’ उत्तर कोरियाका संस्थापक नेता किम इल सुङको जन्म भएको सय वर्ष पूरा भएको अवसरमा उत्तरले १२ देखि १६ अप्रिलभित्र रकेट प्रक्षेपण गर्ने तयारी गरेको बताइन्छ । (एजेन्सी)

प्रतिक्रिया