हतियारसहित चारजना पक्राउ

जनकपुर, १४ चैत । सर्लाहीको मानपुरबाट प्रहरीले हतियारसहित चारजना युवालाई पक्राउ गरेको छ ।

गएराति रौतहटको लक्ष्मीपुर जाने बाटोमा शङ्काको आधारमा चेकजाँच गर्ने क्रममा हातहतियारसहित चारजना युवा पक्राउ परेको ईलाका प्रहरी कार्यालय बरथवाका प्रहरी नायब निरीक्षक बलराम मण्डलले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको मानपुर–२ घर भएका १८ वर्षका सन्तोष राय यादव, बलरा–१ मा बस्ने वर्ष १८ का जितेन्द्रझा रौतहट घर भएका १८ बर्षीय धिरज सिंह, गौर नगरपालिका–४ बस्ने २१ वर्षका संजिव जयसवाल रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट नलकटुवा पेस्तोल–१ थान, एस एलआर राईफलमा प्रयोग गरिने १ गोली, टुटु क्यापमा लगाउने १ थान गोली, विभिन्न नेपाली तथा भारतीय कम्पनीका मोबाईल तथा सीमकार्डसमेत नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया